sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ललितपुरमा डाक्टर र कर्णेलको घरमा चोरी

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १0:५८
ललितपुरमा डाक्टर र कर्णेलको घरमा चोरी
  • भैंसेपाटीका डा. फाहद आलमको घरमा ताल्चा फोडेर चोरी
  • कोही नभएका बेला चोरहरुको नजरमा आलमको घर पर्‍यो
  • चोरहरुले तामाको पानी खाने भाँडादेखि घडीसम्म उठाए

ललितपुर ।।

प्रहरीले सामान्यतः दसैं, तिहारमा घर जानु परे खबर गरेर जानु भन्छ, नभए छरछिमेकलाई रेखदेखका लागि भन्न सूचित गर्छ । दसैंमा घर जाँदा चोरी होला भनेर त्यसैलाई लक्षित गरेर सुरक्षा योजना बनाएर काम पनि गर्छ । तर, सुरक्षाका लागि प्रहरी चनाखो बन्ने त्यही दसैंका बेला भैंसेपाटीका डा. फाहद आलमको घरमा ताल्चा फोडेर चोरी भयो ।

१२ मंसिरदेखि २१ गतेसम्म घरमा कोही नभएका बेला चोरहरुको नजरमा आलमको घर पर्‍यो । चोरी गर्ने व्यक्तिहरुले घरमा भएको यूएस डलर, सुनको औंठी, म्याकबुक मात्र उठाएनन्, डा. आलमको अक्सोमिटर (अक्सिजन नाप्ने उपकरण) पनि लगे । जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहका अनुसार, कोही नभएको मौका पारेर चोरहरुले तामाको पानी खाने भाँडादेखि घडीसम्म उठाएका थिए । घरमा भएको भारतीय र नेपाली रुपैयाँ पनि उनीहरुले लगेका थिए ।
‘हेयर स्ट्रटनरदेखि पोते समेत चोरेको पाइएको छ’, शाहले भने, ‘डाक्टर सा’बहरु दसैं मनाएर फर्किनु भएपछि मात्रै चोरी भएको थाहा भयो ।’ प्रहरीले चोरीमा संलग्न भैंसेपाटीका सविन रोका, भिमढुंगाका मनोज नेपाली, मकवानपुरका राजु भोलन र गोदावरीका उमेश श्रेष्ठलाई हालै पक्राउ गरेको छ ।

‘उजुरी पर्ने वित्तिकै सीसी टीभी लगायतका विवरणका आधारमा खोजी थालेका थियौं, त्यसक्रममा उनीहरुलाई पक्राउ गरेका छौं’, उनले भने, ‘पक्राउ परेपछि उनीहरुले दिउँसै घरमा छिरेर चोरी गरेको बयान दिएका छन् ।’ प्रहरीले अमेरिकी डलर साटिदिन सहयोग गरेको आरोपमा थप दुई जनालाई पनि पक्राउ गरेको छ ।

नेपाली सेनाका एक जना कर्णेल पनि ४ मंसिरमा छठ पर्व मनाउन बाहिर निस्किएका थिए । डेरामा ताल्चा थियो । चोरी गर्नलाई रेकी गरेर बसेका प्रेमबहादुर तामाङ र अम्बरबहादुर तामाङलाई त्यो मौका बन्यो । ‘छिरेर नगरसहित सुन चाँदीका गरगहना पनि चोरेर लगेका थिए’, एसएसपी शाहले भने, ‘अनुसन्धानपछि दुवै जनालाई चोरीका सामग्रीसहित पक्राउ गरेका छौं ।’ उनीहरुविरुद्ध अनुसन्धानका लागि अदालतबाट म्याद लिइएको शाहले बताए ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १0:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid