April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

एसियाली राजमार्ग : झापाका सडक आसपासका रुखमा टाँचा लगाउन सुरु

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १६:२५
एसियाली राजमार्ग : झापाका सडक आसपासका रुखमा टाँचा लगाउन सुरु

झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने उद्देश्यले झापाको काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गरिने भएको छ । यसका लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कन गर्ने कार्य सुरु भएको छ ।

जिल्लास्थित जिवन डिभिजन कार्यालयअन्तर्गतका मेचीनगर, कनकाई र दमक सबडिभिजन कार्यालयले सडकका रुखमा टाँचा लगाउने काम थालेको हो । सबडिभिजन कार्यालयले तीन खण्ड छुट्याएर आफ्नो क्षेत्रभित्रको राजमार्गमा रुखमा टाँचा लगाउन सुरु गरेका हुन् ।

एसियाली विकास बैंक (एडिबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइइबी)को लगानीमा निर्माण हुन लागेको चार लेनको एसियाली राजमार्गका लागि रुख कटान गर्न गणना, नम्बरिङ र मूल्याङ्कनको काम सुरु गरिएको वन कार्यालयका अधिकृत ऋषिराज पराजुलीले जानकारी दिए । उनले वन विभागबाट प्राप्त भएको पत्रका आधारमा कार्यालय मातहतका सबडिभिजनका कर्मचारीलाई परिचालन गरेर काम गरिरहेको बताए ।

मेचीनगर सबडिभिजन कार्यालयले काँकरभिट्टादेखि चारआलीसम्म, कनकाई कार्यालयले विर्तामोडदेखि कनकाइसम्म र दमक कार्यालयले शिवसताक्षीदेखि दमक नगरपालिकासम्मका रुखमा नम्बरिङ र मूल्याङ्कनको काम गर्ने पराजुलीले जानकारी दिए । झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक आसपासमा साल, खयर, सिसौ, सिरिस, पीपल, वर, कदम, मसलालगायत विभिन्न प्रजातिका रुख हुर्किएका छन् । उहाँका अनुसार कोही रुख ५० वर्षभन्दा पुराना छन् भने केही नयाँ पनि छन् ।

‘अब काम सुरु भएको छ,’ अधिकृत पराजुलीले भने, ‘चाँडै नै रुखको तथ्याङ्क सङ्कलन गरेर मूल्याङ्कन पनि गर्छौं ।’ उनले सामुदायिक वन क्षेत्रभित्र पर्ने रुख प्रक्रिया पूरा गरेर सामुदायिक वनलाई नै बिक्रीका लागि हस्तान्तरण गर्ने र बाँकी रहेका रुखलाई मूल्याङ्कनपछि बिक्री गरेर सरकारको राजस्वमा जम्मा गरिने जानकारी दिए ।

एसियाली राजमार्गअन्तर्गत पूर्वी सीमा काँकडभिट्टामा दुई वर्षअघि नै डेढ किलोमिटर भागमा मेची पुल र चार लेनको सडक निर्माण भइसकेको छ । बङ्गलादेशबाट भारतको बागडोग्रा हुँदै पानीट्याङ्की नाकाबाट नेपालतिर सोझिने एसियाली राजमार्गको रुट नं २ अन्तर्गत भारतले मेची नदीमा एसियाली राजमार्गस्तरकै पक्की चार लेनको पुल निर्माण गर्दा नेपालतिरको भागमा पहुँच सडक विस्तार गरेको हो । यही पहुँचमार्गलाई नेपालभित्र एसियाली राजमार्गको पहिलो संरचना मानिन्छ ।

स्थलमार्गबाट एसियाका देशलाई जोडेर व्यापार र पर्यटन प्रवद्र्धन गर्ने मूल उद्देश्य बोकेको यस राजमार्गको अवधारणा हो । थाइल्यान्डको बैंककबाट सुरु हुने रुट–२ अन्तर्गत म्यान्मा, बङ्गलादेश र भारत हुँदै एसियाली राजमार्ग नेपालको काँकडभिट्टाबाट पूर्वपश्चिम राजमार्गमा मिसिन्छ । यो राजमार्ग हालको पूर्वपश्चिम राजमार्ग भएर पश्चिम नेपालको बनबासा हुँदै भारतको दिल्लीतर्फ सोझिने आयोजनाका उपनिर्देशक प्रदीप शाक्यले जानकारी दिए ।

एसियाली राजमार्ग काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५.५ किलोमिटर सडक निर्माणका लागि ठेक्का लागिसकेको उनले बताए । एसियाली राजमार्गअन्तर्गत सडक तथा पुल निर्माण कार्य निकट भविष्यमै सुरु गरिने उनको भनाइ थियो

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १६:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट