April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

एउटै शौचालयलाई विनियोजन गरेको ५ करोड कटौती गर्छौं : मन्त्री उप्रेती

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० १४:४१
एउटै शौचालयलाई विनियोजन गरेको ५ करोड कटौती गर्छौं : मन्त्री उप्रेती
  • पाँच करोड विनियोजन गरेपछि आलोचित बनेको कोशी प्रदेश
  • सरकारले सो बजेट कटौती गर्ने भएको छ
  • मन्त्री गणेश उप्रेतीले शौचालय निर्माणको बजेट कटौती गर्ने

विराटनगर ।।

एउटै शौचालय निर्माणका पाँच करोड विनियोजन गरेपछि आलोचित बनेको कोशी प्रदेश सरकारले सो बजेट कटौती गर्ने भएको छ । इलामको श्रीअन्तुमा शौचालय निर्माणका लागि कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि ५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । सो बजेट कटौती गर्ने तयारी भएको कोशी प्रदेशकमा पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले बताए ।

आइतबार मन्त्रालयको जिम्मेवारी सम्हालेका उप्रतीले शौचालयको बजेट कटौती गरी इलामकै पर्यटकीय क्षेत्रमा खर्च गरिने बताए । मुख्यमन्त्री केदार कार्कीले बजेटबारे उठेका प्रश्नको प्रदेशसभामा जवाफ दिने क्रममै कानुनको सुविधा प्रयोग गरेर बजेट कटौती गर्ने बताएका थिए । मन्त्री उप्रेतीले शौचालय निर्माण शीर्षकमा छुट्टिएको ५ करोड रकममध्ये ५० लाख मात्र सोही प्रयोजनमा खर्च गर्ने बताए । बाँकी रकम इलामकै पर्यटकीय क्षेत्रमा लगानी गर्ने तयारी भएको जानकारी दिए ।

 

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० १४:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट