May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

नेपाल​बाट ओझा `द डेली ग्लोबल नेशन´को अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त

  • साझा परिवेश
  • शनिबार, बैशाख ८, २०८१ १0:२४
नेपाल​बाट ओझा `द डेली ग्लोबल नेशन´को अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त

काठमाडौं । बंगलादेशबाट प्रकाशित हुँदै आएको दैनिक पत्रिका द डेली ग्लोबल नेशनले नेपालका सरोज ओझासहित २८ देशका ५१ जना कविहरुलाई अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त गरेको छ ।

अंगे्रजी साहित्यमा कलम चलाउदै आएका ओझा द डेली ग्लोबल नेशनबाट अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त हुने पहिलो नेपाली हुन् । विश्वका करिब एक सय देशमा आफनो संजाल बिस्तार गरेको अन्तरराष्ट्रिय साहित्यिक संस्था ग्लोबल राईटर्स एकेडेमीको सिफारिसमा अंग्रेजी साहित्यमा कलम चलाउदै आएका चर्चित एवं उदयीमान कवि तथा लेखकहरुलाई द डेली ग्लोबल नेशनले प्रत्येक वर्ष अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त गर्दै आएको छ ।

द डेली ग्लोबल नेशनमा बंगलादेशका डा महबुबुर रहमान कार्यकारी सम्पादक एवम् प्रकाशक छन् भने भारतका विश्वानन्द सिन्हा प्रबन्ध सम्पादक र ब्राजिलकी औरा बारबोसा अन्तरराष्ट्रिय सम्पादक छन् ।

नियुक्ती पश्चात् ओझाले खुसी व्यक्त गर्दै नेपालबाट प्रतिनिधित्व गर्न पाउँदा आफूलाई गर्व महशुस भएको बताउदै भने द डेली ग्लोबल नेसनको अन्तर्राष्ट्रिय शान्ति दूतका रूपमा नियुक्तिले पत्रकारिता र शान्ति प्रवर्द्धनसँगसँगै साहित्यमा अझ सकृय भई लाग्ने प्रेरणा मिलेको छ, यस सम्मानित पदबाट ओझाले आफ्नो काम र समर्पणको कदर भएको महशुस गरेको छु र नेपालबाट प्रतिनिधित्व गर्न पाउँदा निकै गर्व महशुस पनि भएको छ । बालयकालदेखी साहित्य साधनामा सकृय ओझाले नेपाली र अंग्रेजी दुवै भाषामा तीन सय हाराहारी कविता कोरेका छन् भने बीस वटा जति कथा लेखिसकेका छन् । उनका रचनाहरु राष्ट्रि«य तथा अन्तराष्ट्रि«य दुवै स्तरका संचार माध्यममा प्रकाशित हुँदै आएका छन् । निकट भविष्यमा कृति प्रकाशन गर्ने सोचमा आफू रहेको ओझा बताउँछन् ।

अंग्रेजी माध्यममा प्रकाशित हुँदै आएको ग्लोबल नेशनले ग्लोबल राईटर्स एकेडेमीसँगको सहकार्यमा विश्व साहित्यलाई स्थान दिदै विश्वका बहुचर्चित र उदयीमान कवि तथा लेखकहरुका सिर्जना पस्कदै आएको छ । भारतको कोलकातामा मुख्यालय रही विश्वका विभिन्न देशमा फैलिएको ग्लोबल राईटर्स एकेडेमीको संजाल मार्फत ओझाले नियमित अंग्रेजी कथा एवम् कविता रचनाहरु विश्व समुदाय माझ पस्कदै आएका छन् ।

को हुन त सरोज ओझा ?

तनहुँको व्यास ५ मा जन्मिएका सरोज ओझा विगत एक दशकदेखी अघिदेखी साहित्यकर्ममा सकृय छन्। नेपाली र अंग्रेजी दुवै भाषामा कविता तथा कथाहरु कोर्दै आएका ओझाका सिर्जनाहरु नेपाली साथै अन्तरराष्ट्रिय स्तरका संचार माध्यमहरुमा प्रकाशित हुँदै आएका छन् । त्यसो त ओझा संयुक्त राष्ट्र संघ सम्बद्ध अन्तरराष्ट्रिय मानव अधिकार संस्था युनाईटेड नेचर इन्टरनेशनल पिस ९युएनआईपि० नेपाल च्याप्टरको देशिय कार्यसमितिमा प्रेस तथा प्रकाशन समिति संयोजक पनि हुन्् । विभिन्न संस्थामा प्रेस विज्ञ तथा सल्लाहकार भई कार्य गर्दै आएका ओझासँग चलचित्र तथा अन्य प्रतियोगितात्मक शोहरुमा निर्णायकको भूमिकामा रहे कार्य सम्पादन गरेको अनुभव छ।

नेपाल टेलिभिजन समाचार च्यानलमा बुधवार राती ९:१५ मा प्रसारण हुँदै आएको कार्यक्रम सचेतनाका प्रस्तोता एवम् निर्देशक ओझा नेपाल पत्रकार महासंघको एशोसियट संस्था एभरेष्ट प्रेस क्लबका महासचिव हुन् ।

उनले ललितपुर महानगरपालिका, निर्यात व्यवसायी महासंघ र विभिन्न अनलाईन एवम् पत्रिका र विभिन्न पुस्तकहरुको सम्पादक भई कार्य गरेका छन्।निरन्तर १५ बर्ष नेपाल टेलिभिजनका लागि कार्यक्रम उत्पादनमा सकृय रहे बापत ३७ औं वार्षिकोत्सवको अवसरमा नेपाल टेलिभिजनबाट सम्मानित भएका ओझाले यस माझमा भारतको मुम्बईमा दादा साहेब फाल्के टेलिभिजन अवार्ड २०२३, लखनउमा उत्तर प्रदेश आर्टिस्ट एकेडेमीको ‘युपिपिए अवार्ड २०२३ तथा विश्व मानावाधिकार परिषदबाट ‘मानव अधिकार सम्मान २०२३’ र नयाँ दिल्लीमा ‘महात्मा गान्धी एक्सिलेन्स अवार्ड २०२३’ मा गेष्ट अफ अनर सम्मान, इजिप्टको एलेक्जेंड्रियामा एमएसएन एक्सिलेन्स अवार्ड २०१९’, थाईल्याण्डमा मुख्यालय रहेको युनाईटेड नेसन्स पिस किपर्स फेडरल काउन्सिलबाट ‘युएनपिकेएफसी हुमानेटेरियन अवार्ड २०२२ बाट सम्मानित भएका छन् । त्यस्तै उनले ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपालबाट टान टुरिजम अवार्ड, निर्यात व्यवसायी महासंघबाट फिन अवार्ड, ललितपुर चेम्बर अफ कमर्सबाट आर्थिक पत्रकारिता सम्मान आदी प्राप्त गरेका छन् ।

  • साझा परिवेश
  • शनिबार, बैशाख ८, २०८१ १0:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।