April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

वैदेशिक रोजगार विभागद्वारा २५ करोड ठगी

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १४:५१
वैदेशिक रोजगार विभागद्वारा २५ करोड ठगी
  • वैदेशिक रोजगारीका नाममा ठगीसम्बन्धी ८६१ उजुरी
  • ठगिएको भन्दै उक्त रकम क्षतिपूर्तिस्वरूप दिलाइदिन अनुरोध
  • मिलापत्रपश्चात् पीडितले दुई करोड १४ लाख ९६ हजार १०० रुपैयाँ पाए

काठमाडौं ।।

वैदेशिक रोजगार विभागमा पछिल्लो साढे ६ महिनामा वैदेशिक रोजगारीका नाममा ठगीसम्बन्धी ८६१ उजुरी परेका छन् । विभागका अनुसार ०८० असार ४ देखि मंसिर २४ गतेसम्मको अवधिमा उक्त उजुरी परेका हुन् । बितेको साढे ६ महिनामा वैदेशिक रोजगारीमा ठगीसम्बन्धी २६९ संस्थागत र ५९२ व्यक्तिगत उजुरी परेका छन् । ती उजुरीमा पीडितले २५ करोड २८ लाख ८९ हजार ६१३ रुपैयाँ ठगिएको भन्दै उक्त रकम क्षतिपूर्तिस्वरूप दिलाइदिन अनुरोध गरेका छन् । व्यक्तिगत रूपमा परेका ५९२ उजुरीमा २३ करोड २७ लाख ९७ हजार रुपैयाँ क्षतिपूर्ति मागदाबी गरिएको छ ।

व्यक्तिगत उजुरीमध्ये उक्त अवधिमा ६८ वटामा मिलापत्र गरिएको छ । मिलापत्रपश्चात् पीडितले दुई करोड १४ लाख ९६ हजार १०० रुपैयाँ पाएका छन् । व्यक्तिगत रूपमा परेका उजुरीमध्ये ६० वटाको अदालतमा मुद्दा दायर गरिएको छ । अदालतमा दायर मुद्दामा पाँच करोड १७ लाख ८६ हजार ५० रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको छ । संस्थागत रूपमा परेका २६९ उजुरीमध्ये १६२ मा मिलापत्र गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । मिलापत्र भएका उजुरीमा पीडितले क्षतिपूर्तिबापत दुई करोड ९२ हजार ६१३ रुपैयाँ पाएका छन् ।

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १४:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट