May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

देउवाले कार्यसम्पादन समितिको बैठक तय गरे

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १५:३१
देउवाले कार्यसम्पादन समितिको बैठक तय गरे
  • कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै 
  • शुक्रबार दिउँसो १२ः१५ बजे बस्ने गरी बैठक बोलाए
  • राजनीतिक विषयमा बैठकमा छलफल गरिने

काठमाडौं ।।

सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । सभापति शेरबहादुर देउवाले यही मंसिर २९ गते शुक्रबार दिउँसो १२ः१५ बजे बस्ने गरी बैठक बोलाएका हुन् । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।

बैठकका निम्ति तीन एजेन्डा तय गरिएको छ । पौडेलका अनुसार महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल गरिनेछ । आउँदो पुस १६ देखि १९ गतेसम्म हुने भनिएको पार्टीको महासमिति बैठक सार्ने तयारी गरिएको छ । शुक्रबारको बैठकबाट उक्त निर्णय गर्ने तयारी गरिएको एक पदाधिकारीले बताए ।

 

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १५:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट