May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

एकै समयमा कहिँ हुस्सु, कहिँ वर्षा र हिमपात

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १0:५९
एकै समयमा कहिँ  हुस्सु, कहिँ वर्षा र हिमपात
  • देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना
  • बाँकी भू-भागमा मौसम सामान्यतया सफा
  • तराईका केही स्थानमा हुस्सु र  कुहिरो

काठमाडौं ।।

देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षाको सम्भावना छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र  कुहिरो लागेको छ ।

तराईमा लागेको हुस्सु र कुहिरो पश्चिम र मध्य तराईमा मध्यान्नसम्म क्रमिक रुपमा सुधार हुँदै जानेछ । पूर्वी तराईमा अपराह्नसम्म क्रमिक रुपमा सुधार हुँदै सम्भावना रहेको छ । हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । विभागले राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताएको छ ।

पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । वर्षा, हिमपात र हुस्सु तथा कुहिरोका कारण चिसो बढ्ने भएकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । विभागका अनुसार हाल नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव  छ ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १0:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट