May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

गाजामा युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको मागमा नेपालसहित १५३ राष्ट्रको साथ 

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १४:२५
गाजामा युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको मागमा नेपालसहित १५३ राष्ट्रको साथ 
  • युद्धग्रस्त गाजामा तत्काल मानवीय युद्धविरामको माग
  • आपतकालीन विशेष सत्रमा युद्धविरामको पक्षमा १५३ राष्ट्रको साथ 
  • युद्धविराम गर्नुपर्ने प्रस्तावको पक्षमा नेपालले गर्यो मतदान

काठमाडौं ।।

संयुक्त राष्ट्रसंघको महासभाले युद्धग्रस्त गाजामा तत्काल मानवीय युद्धविरामको माग गरेको छ । यसमा नेपालले समर्थन गरेको छ । राष्ट्रसंघको सुरक्षा परिषद्‍मा अमेरिकाले भिटो प्रयोग गर्दै युद्ध विरामको पक्षमा माहोल बन्न नदिए पनि मंगलरबार महासभाको आपतकालीन विशेष सत्रमा युद्धविरामको पक्षमा १५३ राष्ट्रले मतदान गरेका हुन् । राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये गाजामा युद्धविरामको पक्षमा १५३, विपक्षमा १० र तटस्थ २३ राष्ट्र बसेका थिए ।

गाजामा तत्काल युद्धविराम गर्नुपर्ने प्रस्तावको पक्षमा नेपालले मतदान गरेको छ । नेपालका दुई ठूला छिमेकी भारत र चीनले पनि प्रस्तावको पक्षमा मतदान गरी गाजामा युद्धविराम गर्नुपर्ने सन्देश दिएका छन् । मंगलबार भएको मतदानमा अमेरिकाले प्रस्तावको विपक्षमा मतदान गरेको थियो । राष्ट्रसंघको महासभामा हुने मतदान राजनीतिक रूपमा निकै महत्वपूर्ण मानिन्छ । तर यो बाध्यकारी भने हुँदैन । इजरायलले गाजामा आक्रमण रोकी युद्धविराम गर्न नमानिरहेका बेला राष्ट्रसंघको महासभाले विश्व समुदाय युद्धविराम र शान्तिको पक्षमा रहेको सन्देश दिएको छ ।

राष्ट्रसंघको सुरक्षा परिषद्‍मा गत साता भएको मतदानमा बहुमत सदस्यले युद्धविरामको प्रस्तावको पक्षमा मतादन गरेका थिए । तर अमेरिकाले भिटो प्रयोग गरी त्यसलाई असफल बनाएको थियो । सुरक्षा परिषद्‍मा १५ सदस्य हुन्छन्, जसमध्ये पाँच स्थायी सदस्य हुन्छन् । सुरक्षा परिषद्‍मा अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स स्थायी सदस्य छन् । स्थायी सदस्यलाई भिटो प्रयोग गर्ने अधिकार हुन्छ । मंगलबार महासभामा युद्धविराम प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेपछि राष्ट्रसंघका लागि प्यालेस्टाइन राजदूत रियाद मन्सुरले यसलाई ‘ऐतिहासिक’ बताएका छन् ।

इजरायल र हमासको युद्ध तेस्रो महिनामा प्रवेश गरेको छ । यसअवधिमा १८ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । हमासको आक्रमणमा परि १४ सयभन्दा बढी इजरायली मारिएका छन् । “यो प्रस्तावले आह्वान गर्दैन, माग गर्दछ । हामी यो मागलाई इजरायलले पालना नगरेसम्म आराम गर्ने छैनौं,” प्यालेस्टाइनी राजदूत मन्सुरले भनेका छन् । अक्टोबर ७ मा प्यालेस्टाइनी विद्रोही समूह हमासले अचानक इजरायलमा आक्रमण गरेपछि इजरायल–हमास युद्ध सुरु भएको थियो । हमासको आक्रमणमा दश नेपाली विद्यार्थीको समेत मृत्यु भएको थियो । एकजना नेपाली विद्यार्थी विपीन जोशीलाई अझै हमासले बन्धक बनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १४:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट