sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

संकल्पयात्राले जनतामा उत्साह छाएको छ : महासचिव पोखरेल

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १२:२४
संकल्पयात्राले जनतामा उत्साह छाएको छ : महासचिव पोखरेल
  • मेची-महाकाली संकल्पयात्राले जनतामा उत्साह थप्यो 
  • यात्राले मुलुक फेरि लोकतन्त्रको सबल बाटोमा जान तयार 
  • यात्रा ठिक समयमा लिएको ठिक निर्णय बन्यो 

काठमाडौं ।।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको मेची-महाकाली संकल्पयात्राले जनतामा उत्साह थपेको बताएका छन् । बिहीबार भोजपुरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । मध्यपहाडी राजमार्ग आधारित यात्रा ठिक समयमा लिएको उचित निर्णय भन्ने पुष्टि भएको उनको भनाइ छ । उनले जनतामा निराशा पैदा गर्ने अवस्थामा यात्राले उत्साह थपेको जिकिर गरे ।

गठबन्धन सरकारको असफलतासँग जोडिएर सिंगो प्रणालीमाथि प्रहार भइरहेको अवस्थालाई मध्यपहाडी यात्राले असफल बनाएको उनले बताए । आफूहरूको यात्राले मुलुक फेरि लोकतन्त्रको सबल बाटोमा अघि बढ्न आधार तयार गरेको उनले उल्लेख गरे ।“मध्यपहाडी राजमार्ग आधारित यात्रा ठिक समयमा लिएको ठिक निर्णय लिएको भन्ने पुष्टि भएको छ । जनतामा निराशा पैदा गर्ने जुन प्रयास भएको थियो, गठबन्धन सरकारसँगको असफलतासँग जोडिएर सिंगो प्रणालीमाथि प्रहार गर्ने, समाजलाई अराजकतातिर लैजाने प्रयास भएको थियो,”

उनले भने, “यो यात्राले ती सबै प्रवृत्तिमाथि विजय हासिल गरेको छ । जनताको अजेय शक्तिलाई पुष्टि गरेको छ । नेकपा (एमाले) को यो यात्राले मुलुक फेरि लोकतन्त्रको सबल बाटोमा अघि बढ्न आधार तयार भएको छ ।” उनले पूर्वाधारको विकास र बसाइँसराइको प्रवृत्तिबारे पनि अध्ययन भइरहेको बताए । मध्यपहाडी क्षेत्र भविष्यको आधार भएको उनको भनाइ छ ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १२:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid