sweet bonanza
February 1, 2026 | आइतवार, माघ २०, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

रवि : एनसेल बिक्रीको विषय दूरसञ्चारभित्र पर्छ यसमा प्रधानमन्त्री किन जोडिएको ?

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० १४:0८
रवि : एनसेल बिक्रीको विषय दूरसञ्चारभित्र पर्छ यसमा प्रधानमन्त्री किन जोडिएको ?
  • एनसेल बिक्रीको विषय दूरसञ्चार प्राधिकरणभित्र पर्ने हुनाले प्रधानमन्त्रीको आवश्यक पर्दैन 
  • प्रधानमन्त्री नै किन तानिएको र सरकारले किन समिति गठन गरेको ?
  • हामीले सिष्टम बलियो बनाउनेतिर ध्यान दिएनौं भने हामी कोल्याप्समा जान्छौं

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल बिक्रीको विषय दूरसञ्चार प्राधिकरणको अधिकार क्षेत्रभित्र पर्ने हुनाले प्रधानमन्त्री जोडिन जरुरी नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले दूरसञ्चार प्राधिकरणको क्षेत्राधिकारको विषयमा प्रधानमन्त्री नै किन तानिएको र सरकारले किन समिति गठन गरेको भनी प्रश्न उठाएका हुन् ।‘दूरसञ्चार प्राधिकरणको जुडिसरीमा परेको कुरालाई पनि प्रधानमन्त्रीलाई ड्र्याग गर्नुको कारण के हो ? प्रधानमन्त्री किन ड्र्याग भइरहेको यहाँ ?’ रविले प्रश्न गरे । राज्य व्यवस्था समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा लगायतलाई बोलाइएको थियो ।

रविले सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै दूरसञ्चार प्राधिकरणलाई कानुनले दिएको अधिकार अनुसार काम गर्न किन नदिएको भनी प्रश्न गरे ।एनसेल बिक्री प्रकरणको अनुसन्धानका लागि मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा नियन्त्रक टंकमणि शर्माको अध्यक्षतामा समिति गठन गरेको छ । तर रविले दूरसञ्चार क्षेत्रको नियामक निकायले गर्ने काममा समिति गठन गरेर सरकारले बेठीक गरेको बताएका हुन् । सञ्चारमन्त्रीलाई उनले भने, ‘तपाई मातहतको प्राधिकरणको क्षेत्राधिकार हो कि होइन, कानुन पल्टाउनुस् सहयोग चाहिए भन्नुस् ।’ सरकारी निकायलाई आफ्नो काम गर्न नदिएर निकम्मा बनाउन खोजिएको उनले बताए ।

अर्बौं नाफा कमाउने एनसेल खरिद बिक्री हुँदा कर तिर्नुपर्छ भन्ने सामान्य विषय भएको भन्दै उनले यसमा सरकारले समिति गठन गर्नै नपर्ने बताए । ‘हामीले सिष्टम बलियो बनाउनेतिर ध्यान दिएनौं भने हामी कोल्याप्समा जान्छौं । हरेक कुरामा समिति बनाउनुपर्ने, अविश्वासको वातावरण सिर्जना गर्नुपर्ने, सञ्चार मन्त्रालय अन्तर्गतको प्राधिकरणले गर्न कुन कानुनले रोक्यो ?’ रविले प्रश्न गरे । दूरसञ्चारसम्बन्धी कानुनमा विदेशी लगानीको कम्पनी २५ वर्षपछि सरकारको मातहत आउने व्यवस्था छ । तर यस्ता कम्पनी २५ वर्ष पुग्न एक हप्ता बाँकी हुँदासम्म स्वामित्व हस्तान्तरण गर्न पाउने व्यवस्था कानुनमा राखिएको भन्दै रविले भने, ‘यो संशोधन गर्न हामी तयार हो कि होइन ?’ एनसेल खरिदकर्तामा नेपालको राजनीतिक र प्रशासनिक संरचना तथा अदालतलाई प्रभाव पार्न सकिने आत्मविश्वास देखिएको पनि रविले बताए ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid