May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

क्रिश्चियनको मायाले होइन, सबै धर्मको एकता कायम गर्न खोजेको हो : मन्त्री सुदन किराती

  • साझा परिवेश
  • बिहिबार, पुस ५, २०८० १४:0३
क्रिश्चियनको मायाले होइन, सबै धर्मको एकता कायम गर्न खोजेको हो : मन्त्री सुदन किराती
  • अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गर्नुपर्नेमा सुदन किरातीको जोड 
  • अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो
  • संविधानको बगैँचामा हामिसबैजना एकथरि फूल हौँ 

काठमाडौं ।।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले ‘अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गर्नुपर्ने’ जोड दिएको बताएका छन् । उनले आफू सबैको अस्तित्व स्वीकार गर्नुपर्ने पक्षमा रहेको पनि बताएका छन् । “फेरि पनि भन्छु, अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौँ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो,” बिहीबार सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

“भन्‍नलाई त मलाई; पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिस्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिस्टियनको कार्यक्रममा जाँदा क्रिस्टियन भने,” उनले भनेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पर्यटनमन्त्री किरातीले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक देश भएकाले कसैको डरत्रासमा बस्न नहुने बताएपछि उनी विवादित बनेका छन् ।

“कसैको दायामायाले होइन, हजारौँ सहिदको बलिदानले लेखेको संविधानको बगैँचामा तपाईंहरू एकथरि फूल हो । तपाईंहरूबिना बगैँचाको शोभा हुँदैन । तीन करोड नेपालीमा लाखौँ क्रिश्चियन भइसकेका छन् । क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने, जेलमा हाल्ने हो,” उनले भनेका थिए ।

 

  • साझा परिवेश
  • बिहिबार, पुस ५, २०८० १४:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट