May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

अनमोलमाथि प्रदीपको प्रतिक्रिया – सुहागरातपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ?

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १६:00
अनमोलमाथि प्रदीपको प्रतिक्रिया – सुहागरातपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ?

नायक अनमोल केसी पक्राउ प्रकरणलाई लिएर अर्का नायक प्रदीप खड्काले सामाजिक सञ्जालमा पूर्वाग्रहयुक्त प्रतिक्रिया दिएका छन् ।

गत शुक्रबार पक्राउ परेर आइतबार राति अनमोल हाजिरी जमानीमा जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भइसकेपछि प्रदीपले विवादित अभिव्यक्ति दिएका हुन्। उनले भर्खरै विवाह गरेका दुलाहा र दुलहीको उदाहरण पेश गर्दै उनले ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने’ टिप्पणी गरेका छन् ।

‘विवाहपूर्वको सम्बन्ध तोडिँदा हो तिम्रो गिफ्ट फिर्ता लैजाऊ, मलाई तिमी मन पर्न छोड्यो भन्ने । विवाहइत्तर त सुहागरातमात्र भएको हो, मलाई मन परेन, अचानक चित्त बुझ्न छोड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलाएर ल्याउनू होइन भने दुलही लानुस्, म विस्तारै दाइजो (कानूनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै ।’ खड्काले भने ।

उनले कलाकार एउटा निमित्त मात्रै भएको बताउँदै निर्देशक र निर्माताभन्दा माथि हुन नसक्ने बताएका छन्। ‘म कलाकार भएर यो स्वीकार्दै गर्दा निर्माता, निर्देशकहरु अनि सरोकारवाला सम्पूर्णलाई म गलत भए सच्चाइदिनु हुन अनुरोध छ’, उनले भनेका छन्।

चलचित्र ‘रावायण’ मा खेल्छु भनेर पैसा लिइसकेपछि धोका दिएको भन्दै सुदर्शन थापाको ब्यानरको तर्फबाट उजुरी गरेपछि तीन दिन हिरासतमा बसेर अनमोल रिहा भइसकेका छन्।

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १६:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।