May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

पोखरा सडक महोत्सवको तय भयो मिति

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० ११:१७
पोखरा सडक महोत्सवको तय भयो मिति
  • ‘सडक महोत्सव’ यही पुस १२ देखि १६ गतेसम्म आयोजना गरिने
  • बाह्य पर्यटकलाई अंग्रेजी वर्षको गन्तव्यस्थल’का रूपमा प्रवर्द्धन गर्ने
  • महोत्सवबाट ८० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य

काठमाडौं ।।

‘२५ औँ पोखरा सडक महोत्सव’ यही पुस १२ देखि १६ गतेसम्म आयोजना गरिने भएको छ । फेवातालको आसपास सडकमा महोत्सव गरिने आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) ले जानकारी गराएको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखरा सडक महोत्सव आयोजना गरिँदै आएको छ । आन्तरिक र बाह्य पर्यटकलाई अंग्रेजी वर्षको गन्तव्यस्थल’का रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको रेबानले जनाएको छ ।

महोत्सवमा नेपाली वेशभूषा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी, दोहोरीगीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सचेतनामूलक सडकनाटकलगायत कार्यक्रम र प्रदर्शनी गरिने महोत्सव संयोजक विश्वराज पौडेलले बताए । महोत्सवबाट ८० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको रेबान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए ।

 

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० ११:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट