March 28, 2024 | बिहिबार, चैत्र १५, २०८०
सुचनाहरु
अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक अन्तत इलाम २ मा रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको छ बागमती सरकारमा हानेपाका बज्राचार्य संस्कृति मन्त्री बन्दै एमडिएमएसमा ९१ करोड भ्रष्टाचारको दाबी, भ्रष्टाचार मुद्दा दायर मन्त्री र मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको प्रश्न ‘पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन?’ नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई कर्णाली पुलबाट हामफालेर बेपत्ता भएका युवकको शव भेटियो सेयर बजारमा ४ अंकको वृद्धि नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छाैँ : प्रशिक्षक देसाई राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा दोहोरो कर प्रणालीे समस्याको सम्वोधन गर्न अर्थमन्त्री पुनको प्रतिवद्धता अवैध विदेशी मुद्रासहित तीनजना विमानस्थलबाट पक्राउ राप्रपाबाट इलाम-२ मा लक्ष्मी गुरूङ उम्मेदवार महिला, बालबालिकामन्त्री चौधरी र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द आईपीएल : आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दै मन्त्री चाैधरीकाे अग्रसरतामा अपाङ्गता सम्बन्धी मापदण्ड बनाउन धर्नारत पक्षसँग सहमति मौसम खराबका कारण धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा अवतरण सुनको मूल्य हालसम्मकै उच्च ; कति पुग्यो त तोलाको ? विपीको प्रतिमामा माल्यार्पण गरेर कांग्रेस महामन्त्री थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा

शिद्धार्थ शिशु सदन सिकाइमा ‘छडी’को प्रयोग, शिक्षिकाको कुटाइटले विद्यार्थीको ज्वरो फुट्यो

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १२:१५
शिद्धार्थ शिशु सदन सिकाइमा ‘छडी’को प्रयोग, शिक्षिकाको कुटाइटले विद्यार्थीको ज्वरो फुट्यो

काठमाडौं । अभिभावकहरुले ठान्ने गर्छन् – निजी स्कुलमा आफ्ना बच्चाहरुलाई भर्ना गरिदिएपछि अब सबै कुरा राम्रो हुन्छ ।

पठनपाठन, अनुशासन, नैतिकता सदाचार सबै कुरा आफ्ना बालबालिकाले सिक्छन् भन्ने धेरै अभिभावको बुझाई छ । तर यो युगमा पनि धेरै निजी स्कुल त्यस्ता पनि छन्, जो पशुहरुलाई कुटेर बसमा राखे झै कलिला बालबालिकालाई कुटेर तह लगाउन खोज्छन् ।

हामीले आइतबारको शृंङखलामा विद्यार्थी कुट्ने दमक र सिन्धुलीका दुई विद्यालयको मामिला समेटेका थियौं । आजको प्रशंग छ, हेटौडाको शिद्धार्थ शिशु सदन भन्ने विद्यालयको ।

यो विद्यालयमा विद्यार्थीले कुनै गल्ति गरे, कमजोरी गरे, ढिलो लेखे, सिकाएको सिकेनन् भने सिकाउने होइन, सोझै छडी बर्षाउने गरिँदो रहेछ । शिद्धार्थ शिशु सदनले सिकाइमा अवलम्वन गर्दै आएको छडी विधि के हो त ?

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको सिद्धार्थ शिशु सदनकी एक शिक्षिकाले विद्यार्थीलाई घाइते हुने गरी कुटपिट गरेकी छिन् । आइतबार कक्षा ४ मा अध्यनरत आयाम लामिछानेलाई सोही विद्यालयकी शिक्षिका बिना लामाले कुटपिट गरेकी हुन् । आइतबार दिउँसो कक्षा कोठामै ढिलो लेखेको भन्ने निहुँमा शिक्षिक लामाले कुटपिट गरेकी थिइन् ।

शिक्षिकाको कुटाइले बालकलाई ज्वरो नै आएको छ । सोही दिन विद्यालयपछि घर पुगेका आयाम अचानक ज्वरोले थलिए । कपडा फेराइ दिने क्रममा बालककी हजुरआमाले छोराको खुट्टा, पिँडुला, तिघ्रामा निलडाम देखेकी थिइन् ।

कलिलो बालकमाथिको कुटपिटको यस्तो दृश्यले अभिभावकहरु नै आत्तिए । राम्रो पढाई हुन्छ भन्ने विश्वासमा निजी विद्यालय पठाउने अभिभावक बालकमाथिको अत्याचारबाट दुःखी पनि भए । बालकमाथिको निर्घात कुटपिटको हद यो दृश्यले नै प्रष्ट पार्छ ।

आफूमाथि शिक्षिकाले कुटपिट गरेको बालकले आफ्ना अभिभावकलाई बताएपछि यो मामिला बाहिर आएको हो । घटनाबारे पीडित बालकका अभिभावकले विद्यालय प्रशासनलाई जानकारी गराए । तर विद्यालयले यस्तो गम्भीर मामिलामा बिल्कुल वेवास्ता गर्यो । अहिले बालकका अभिभावक आक्रोशित छन् ।

बालक कुट्ने शिक्षिकालाई कारबाही र घटनाप्रति माफी माग्नु पर्ने माग गर्दै पीडित बालकका अभिभावक तथा आफन्तहरु विद्यालय पुगेका छन् । विद्यालय र अभिभावकबीच केही समय तनावकै स्थिति बन्यो ।

यसबीच घटना लुकाउन यस विद्यालयले हरसम्भव प्रयास गरेको थियो । अभिभावक समक्ष विद्यालयका प्रध्यानाध्यापक निर्मल पराजुली तथा वडाका जनप्रतिनिधिहरुले मिल्न दबाब दिएको बुझिएको छ ।

विद्यालय प्रशासन र पीडित पक्षबीच भएको छलफलपछि पीडक शिक्षिकालाई राजीनामा दिन लगाउने सहमति गरिएको छ ।

पीडित बालकका अभिभावकहरुको दावीअनुसार यस विद्यालयले यसअघि पनि बालबालिका कुट्ने गरेको गरेको थियो । तर अधिकांश मामिला सार्वजनिक हुँदैन थिए । विद्यालय नै यातनालयका रुपमा परिणत हुँदै गएपछि अभिभावकको गुनासो बढ्दै गएको छ ।

बालक आयामलाई कुटपिट गर्ने शिक्षिका बीना लामा यसअघि पनि विद्यार्थी कुटेकै कारण हेटौंडा २ मा रहेको एउटा विद्यालयबाट निष्कासनमा परेकी थिइन् ।

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १२:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट