काठमाडौं ।।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सदनको प्रभावकारिताबारे सभामुख देवराज घिमिरेसँग छलफल गर्ने भएका छन् । आज दिउँसो सभामुखसँग छलफल गर्न लागेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिमा उनले सांसदहरूलाई जानकारी गराए ।
“दिउँसो ३ बजे सभामुखसँग छलफल छ । छलफलमा सदनमा विधेयकहरू कसरी अघि बढाउने, समितिको प्रभावकारिता र सदनको प्रभावकारितालगायत विषयमा छलफल हुनेछ,” उनले भने । उनले विधेयकका प्राथमिकताबारे छलफल गरिने जानकारी दिए ।