sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इजरायलको द्वन्द्वले १० देशका नागरिकको लियो ज्यान

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० ११:४५
इजरायलको द्वन्द्वले १० देशका नागरिकको लियो ज्यान
  • शनिबारदेखि जारी द्वन्द्वमा विभिन्न देशका नागरिकको मृत्यु
  • केही मानिस घाइते, सम्पर्कविहीन र अपहरणमा परे
  • १० नेपाली नागरिकको मृत्यु, केही नेपाली घाइते 

काठमाडौं ।।

इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच शनिबारदेखि जारी द्वन्द्वमा विभिन्न देशका नागरिकको मृत्यु भएको छ । केही मानिस घाइते, सम्पर्कविहीन र अपहरणमा परेका छन् । द्वन्द्वका क्रममा इजरायलमा ९०० र हमास नियन्त्रित क्षेत्र गाजामा ६९० भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो भूमिमा आक्रमण गर्नेविरुद्ध बदलाको यो सुरुआत मात्र भएको बताएका छन् । इजरायलमा ज्यान गुमाउने विदेशीमा अहिलेसम्मको तथ्यांकानुसार सबैभन्दा बढी थाई नागरिक छन् । थाइल्यान्डको विदेश मन्त्रालयले हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाउने आफ्ना नागरिकको संख्या १८ पुगेको बताएका छन् । अरू केही थाई नागरिक सम्पर्कविहीन छन् ।

यस्तै, इजरायलमा १० नेपाली नागरिकको मृत्यु भएको छ । केही नेपाली घाइते छन् । यो द्वन्द्वमा नौ अमेरिकी नागरिकको मृत्यु भएको जेरुसेलम पोस्टले उल्लेख गरेको छ । त्यहाँ क्यानडाका एकको मृत्यु र दुई बेपत्ता, बेलायतका १० भन्दा बढी नागरिकको मृत्यु एवं बेपत्ता र फ्रान्सका एकको मृत्यु र केही बेपत्ता छन् । चीन र जर्मनीका ज्यान गुमाउने एवं सम्पर्कविहीन नागरिकको संख्या पुष्टि भएको छैन । पाराग्वे र युक्रेनका दुईजनाको मृत्यु भएको छ । रुस र कम्बोडियाका एक-एकजनाको मृत्यु भएको बताइएको छ । मेक्सिकोका दुईजना अपहरणमा परेका, तान्जानियाका दुई र आयरल्यान्डका एकजना घाइते रहेका जेरुसेलम पोस्टले जनाएको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० ११:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid