May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ

ठगी खानेलाई होइन, गरी खानेलाई ऋण दिनुहोस् : गभर्नर

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १0:४६
ठगी खानेलाई होइन, गरी खानेलाई ऋण दिनुहोस् : गभर्नर
  • ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सलाई गभर्नरको आग्रह
  • गरी खाने र ठगी खाने छुट्ट्याएर ऋण प्रवाह गर्नुपर्ने
  • बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ चयन

चितवन ।।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सलाई आग्रह गरेका छन् । नेपाल बैंकर्स संघको ३७औँ वार्षिक कार्यक्रममा शनिबार चितवनमा सम्बोधन गर्दै उनले गरी खाने र ठगी खाने छुट्ट्याएर ऋण प्रवाह गर्नुपर्नेमा जोड दिए ।आफूले शनिबार चितवनको पशु फार्म अवलोकन गरेको बताउँदै गभर्नर अधिकारीले भने, “उक्त फार्म ५० लाख रुपैयाँ ऋणमा १०७ वटा गाईभैँसी पालेर मासिक ६ लाख आम्दानी गर्नुभएको रहेछ । यो राम्रो काम हो ।” ठगी खानेहरूले यत्तिको फार्म देखाएर करोडौँ ऋण लिने गरेको उनले बताए ।

बैंकहरूलाई अर्काे बैंकको ऋणी तान्नुभन्दा पनि नयाँ व्यवसायी जन्माउन आग्रह गर्दै गर्भनर अधिकारीले भने, “वर्षमा यति व्यवसायी नयाँ जन्माएँ भन्ने गर्व गर्ने वातावरण बनाउनुहोस् ।” बैंकहरूमा लगानीका निम्ति तरलताको अभाव नभएको भन्दै उनले विदेशी मुद्रा सञ्चिति पर्याप्त रहेको बताए । संघका अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र उपाध्यक्ष एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकहरूको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए ।

संघका कार्यकारी निर्देशक अनिल शर्माले पछिल्लो समय संघले गरेको क्रियाकलापका बारेमा जानकारी दिएका थिए । बैंकहरूबाट प्रमुख कार्यकारी अधिकृतका रूपमा रहेर कार्यकाल सम्पन्न गरेका बैंक अफ काठमाण्डूका श्रवण मास्के र नेपाल बैंक लिमिटेडका कृष्णबहादुर अधिकारीलाई सो अवसरमा सम्मान गरिएको थियो । यस्तै, बैंकिङसँगै विभिन्न क्षेत्रमा रहेर सेवा पुर्‍याउने कुलचन्द्र गौतमलाई सम्मान घोषणा गरिएको थियो ।

संघमा पाँच नयाँ सदस्य चुनिएका छन् । संघको सदस्यमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ चयन भएका छन् ।

 

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १0:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट