sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्वास्थ्यलाई फाइदा गर्ने घरेलु मदिरा ब्राण्डिङ बनाउँ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १६:२७
स्वास्थ्यलाई फाइदा गर्ने घरेलु मदिरा ब्राण्डिङ बनाउँ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री
  • घरेलु मदिरा उत्पादनलाई उद्योगमा रुपान्तरण गरेर ब्राण्डिङ बनाउँ 
  • रोजगारी सिर्जना हुने र मानव स्वास्थ्यको जोखिम पनि कम हुने
  • सरकारले छुट्यायो निजी क्षेत्रसंग मिलेर अध्ययन गर्न ८ करोड रुपैयाँ बजेट 

बुटवल ।।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले घरेलु मदिरा उत्पादनलाई उद्योगमा रुपान्तरण गरेर ब्राण्डिङ गर्नुपर्ने बताएका छन् ।बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको ११ औं वार्षिकोत्सव उद्घाटन गर्दै उनले विदेशबाट वर्षेनी अर्बौं रकमको मदिरा आयात हुने गरेको भन्दै आयात प्रतिस्थापन गर्न घरेलु मदिरालाई उद्योगबाट उत्पादन गरी गुणस्तरीय र ब्राण्डेड बनाउनुपर्ने बताए ।

घरेलु मदिरा उत्पादनलाई उद्योगमा रुपान्तरण गर्न सक्ने हो भने गाउँघरमा हजारौं रोजगारी सिर्जना हुने र मानव स्वास्थ्यको जोखिम पनि कम हुने बताए ।‘हामी विदेशबाट सामान आयात गरेर बेच्ने र नाफा कमाउनेमा मात्रै सीमित भयौं, आफ्नै देशमा उत्पादन गरौं, रोजगारी सिर्जना गरौं भन्नेमा ध्यानै छैन’, मुख्यमन्त्री चौधरीले भने, ‘मदिराकै कुरा गर्ने हो भने नेपालमा मगर, थारु लगायत जातिले घरेलु मदिरा उत्पादन गरिरहेका छन्, त्यसको ठूलो मात्रामा कारोबार पनि भएको छ तर करको दायरामा आएको छैन ।’

घरेलु मदिराको गुणस्तरमा पनि प्रश्न उठेको भन्दै उनले यसलाई उद्योगमा परिणत गर्न सके नेपालमै गुणस्तरीय उत्पादन गर्न सकिने बताए । मुख्यमन्त्री चौधरीले घरेलु मदिरा उत्पादनलाई उद्योगमा रुपान्तरणका लागि लुम्बिनी सरकारले निजी क्षेत्रसंग मिलेर अध्ययन गर्न ८ करोड रुपैयाँ बजेट छुट्याएको पनि बताए । पर्यटकलाई विदेशी मदिरा नभई नेपालकै ब्राण्डेड मदिरा बेच्न सके विदेशी मुद्रा आर्जन हुने सुझाए ।

 

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १६:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid