May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो

झापाको गौरीगञ्ज १ का वडाध्यक्षले छोरीलाई लगाए नियम विपरीत जागिर

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १३:४२
झापाको गौरीगञ्ज १ का वडाध्यक्षले छोरीलाई लगाए नियम विपरीत जागिर

विराटनगर । झापाको गौरीगञ्ज गाउँपालिकाले गौरीगञ्ज अस्पतालमा स्वास्थ्य सहायक पाँचौँ तहका दुई जना कर्मचारी नियुक्त गर्न लिएको परीक्षा विवादित बनेको छ ।

परीक्षाका आवेदकहरू २३ जना मध्ये संक्षिप्त सूचीमा नै नअटाएकी परीक्षार्थी मध्येकी एक जना वडाध्यक्षकी छोरीको नाम थपेर एकै ब्यहोराका दुई सूचना भिन्न भिन्नै मिति राखेर प्रकाशित गरेर गाउँपालिकाले विवादको शृङ्खला सुरु गरेको हो ।

गाउँपालिकाले यसअघि मङ्सिर २७ गते आवेदकहरू २३ जनामध्ये संक्षिप्त सूची (१० जना को नाम) प्रकाशित गरेर पुस १ गते हुने परीक्षामा सहभागी हुन सूचित गरेको थियो । जसमा सोही पालिकाको १ नम्बर वडाका वडाध्यक्ष कार्तिकलाल राजवंशीकी छोरी कृतिका राजवंशीको नाम समावेश थिएन ।

वडाध्यक्ष पुत्री कृतिकाको नाम पुस १ गतेका हुने सो सम्बन्धीको परीक्षाको परीक्षार्थीको रूपमा अटाएको थिएन । दुई दिन पछि मङ्सिर २९ गते पालिकाले सो सूचना संशोधन गर्दै वडाध्यक्ष राजवंशीकी छोरी कृतिकाको नामसमेत अटाएको मात्रै छैन ११ पुसमा लिखित, मौखिक दुवै परीक्षामा उनी उत्तीर्ण भएको ब्यहोरा सार्वजनिक गरेको छ ।

उनीसँगै गौरादह ८ की दिपिक्षा निरौला पनि सफल भएकी गाउँपालिकाले आफ्नो आधिकारिक फेसबुक पेजमा अद्यावधिक गरेको सूचनामा नै जनाइएको छ । वैकल्पिक उम्मेदवारको सूचीमा भने सुमन न्यौपाने र सञ्जयकुमार ताजपुरियाको नाम छ ।

पालिकाको परीक्षा सञ्चालन सम्बन्धि कार्यविधि अनुसार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाको संयोजकत्वमा विषय विज्ञ विश्वमणी श्रेष्ठसहितको समितिले सो परीक्षा लिएको थियो । परीक्षाको अन्तिम नतिजा प्रकाशन भएसँगै सामाजिक सञ्जालमा सो परीक्षा निष्पक्ष र धाँधलीरहित हुन नसकेको तर्कसहित पालिकाका नेतृत्वकर्ताहरु र वडाध्यक्ष राजवंशीको चर्को विरोध भइरहेको छ ।रातोपातिबाट

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १३:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।