April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

पहिरोले धेरै ठाउँमा सडक अवरुद्ध

  • साझा परिवेश
  • मङ्लबार, साउन २३, २०८० १३:४८
पहिरोले धेरै ठाउँमा सडक अवरुद्ध
  • विभिन्न १० ठाउँमा सडक अवरोध
  • नारायणगढ-मुग्लिङ सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध
  • बलेवातर्फ जाने कालीगण्डकी करिडोरमा सडक अवरोध

काठमाडौं ।।

गएरातिदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा नुवाकोट, मकवानपुर, चितवन, पाल्पा, कैलाली, काभ्रे, सिन्धुली र बागलुङका विभिन्न १० ठाउँमा सडक अवरोध भएको छ । नेपाल प्रहरीका अनुसार पहिरोका कारण नुवाकोट ककनी गाउँपालिका-४ निगालेस्थित पासाङ ल्हामु राजमार्ग र मकवानपुर बकैया गाउँपालिका-११ लामराङस्थित कान्ती लोकपथ अवरुद्ध भएका छन् ।

मकवानपुरको भिमफेदी गाउँपालिका-२ ज्यालटारस्थित हेटौँडा-भैसे-भिमफेदी-कुलेखानी-काठमाडौं सडकखण्ड र चितवन ईच्छाकामना गाउँपालिका-६ स्थित नारायणगढ-मुग्लिङ सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध बनेको छ ।

यस्तै, पाल्पा तिनाउ गाउँपालिका-३ ड्यामसाइड नजिकै सिद्धार्थ राजमार्ग, कैलाली गोदावरी नगरपालिका-४ बुढीतोलास्थित भिमदत्त राजमार्ग तथा चुरे गाउँपालिका-५ गोपालेस्थित भिमदत्त राजमार्ग र काभ्रेको रोशी गाउँपालिका-९ नार्केलगायत बीपी राजमार्गको विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध बनेको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमेरेफाटस्थित बीपी राजमार्ग र बागलुङको बागलुङ नगरपालिका-१० गलुवास्थित बागलुङबाट बलेवातर्फ जाने कालीगण्डकी करिडोरमा सडक अवरोध भएको प्रहरीले जनाएको छ ।

पहिरो गएका स्थानहरूमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, साउन २३, २०८० १३:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।