sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पहिरोले धेरै ठाउँमा सडक अवरुद्ध

  • साझा परिवेश
  • मङ्लबार, साउन २३, २०८० १३:४८
पहिरोले धेरै ठाउँमा सडक अवरुद्ध
  • विभिन्न १० ठाउँमा सडक अवरोध
  • नारायणगढ-मुग्लिङ सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध
  • बलेवातर्फ जाने कालीगण्डकी करिडोरमा सडक अवरोध

काठमाडौं ।।

गएरातिदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा नुवाकोट, मकवानपुर, चितवन, पाल्पा, कैलाली, काभ्रे, सिन्धुली र बागलुङका विभिन्न १० ठाउँमा सडक अवरोध भएको छ । नेपाल प्रहरीका अनुसार पहिरोका कारण नुवाकोट ककनी गाउँपालिका-४ निगालेस्थित पासाङ ल्हामु राजमार्ग र मकवानपुर बकैया गाउँपालिका-११ लामराङस्थित कान्ती लोकपथ अवरुद्ध भएका छन् ।

मकवानपुरको भिमफेदी गाउँपालिका-२ ज्यालटारस्थित हेटौँडा-भैसे-भिमफेदी-कुलेखानी-काठमाडौं सडकखण्ड र चितवन ईच्छाकामना गाउँपालिका-६ स्थित नारायणगढ-मुग्लिङ सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध बनेको छ ।

यस्तै, पाल्पा तिनाउ गाउँपालिका-३ ड्यामसाइड नजिकै सिद्धार्थ राजमार्ग, कैलाली गोदावरी नगरपालिका-४ बुढीतोलास्थित भिमदत्त राजमार्ग तथा चुरे गाउँपालिका-५ गोपालेस्थित भिमदत्त राजमार्ग र काभ्रेको रोशी गाउँपालिका-९ नार्केलगायत बीपी राजमार्गको विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध बनेको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमेरेफाटस्थित बीपी राजमार्ग र बागलुङको बागलुङ नगरपालिका-१० गलुवास्थित बागलुङबाट बलेवातर्फ जाने कालीगण्डकी करिडोरमा सडक अवरोध भएको प्रहरीले जनाएको छ ।

पहिरो गएका स्थानहरूमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, साउन २३, २०८० १३:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid