May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

नेप्से १७ अंकले घट्यो

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १५:३५
नेप्से १७ अंकले घट्यो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट भएको छ । अघिल्लो नेप्से सूचक १७ अंकले घट्दै २०७० अंकमा अडिएको थियो ।

आज उक्त अंकमा जम्मा १.९३ अंकको मात्र गिरावट हुँदै २०६८.९० अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आज कारोबार रकममा समेत केही गिरावट आउँदै ४ अर्ब २९ करोड ९ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ५८ हजार कित्ता सेयर बजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

१७ अंकले नेप्से सूचक घटेको अघिल्लो दिन ५ अर्ब २४ करोड ८७ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज होटल तथा पर्यटन समूह, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य सूचक समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रोपावर, जीवन बीमा, माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।

आज भिजन लुम्बिनी ऊर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ९ वटा कम्पनीको मूल्य ८ प्रतिशत माथिले बढेका छन् । यता धौलागिरी लघुवित्त वित्तीय संस्था र बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने समान १० प्रतिशतले घटेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १५:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट