sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मिटरब्याज पीडितद्वारा जिल्ला प्रशासनमा हुने छलफल बहिष्कार

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १0:२७
मिटरब्याज पीडितद्वारा जिल्ला प्रशासनमा हुने छलफल बहिष्कार
  • प्रशासन कार्यालयले आयोजना गरेको छलफल बहिष्कार गर्ने
  • पीडक र पीडित पक्ष बसेर उजुरी उपर छलफल गरी किनारा लगाउने
  • आर्थिक अवस्था जर्जर भएर झन् पीडित हुने गरेको उनीहरुको गुनासो

जनकपुरधाम ।।

सिरहाका मिटरब्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफल बहिष्कार गर्ने भएका छन् । प्रहरी प्रशासन मिटरब्याजीबाट प्रभावित भइ पीडितहरुको विपक्षमा देखिने गरेको भन्दै मिटरब्याज पीडित संघर्ष समितिले छलफल बहिष्कार गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयहरुमा अनुचित लेनदेन तथा मिटरब्याज सम्बन्धमा पीडक र पीडित पक्ष बसेर उजुरी उपर छलफल गरी किनारा लगाउने गरिन्छ । यस्ता छलफलमा पीडितको पक्षमा प्रशासन नहुने भएकाले बहिस्कार गर्ने निर्णय गरेको संघर्ष समितिका संयोजक मनोज पासवानले जानकारी दिए ।

बिहीबार सिरहामा मिटरब्याज पीडितहरुको बैठक बसेको थियो । सो बैठकले गरेको निर्णयमा लेखिएको छ, ‘पीडितको घरमा आगो लगाउने, लागूऔषधको कारबारी रहेको भनेर फसाउने, जग्गा हडप्ने, लगाएको बालिनाली नष्ट गरिदिने, न्यायालय परिसरमा गालीगलौज तथा कुटपिट गर्ने, कानुनसम्म व्याज नलिई चर्को ब्याज लिने जस्ता जघन्य अपराधमा समेत प्रहरी प्रशासन मूकदर्शक भएर सीडीओ र सुरक्षा निकाय बस्ने गरेको छ । यही अवस्थामा हामी प्रजिअ र सहप्रजिअको रोहबरमा हुने छलफल पूर्णरुपले बहिस्कार गर्ने निर्णय गरेका छौं ।’ जिल्ला प्रशासन कार्यालयमा पीडितहरु धाउँदा पनि समयमा न्याय नपाएको र आर्थिक अवस्था जर्जर भएर झन् पीडित हुने गरेको उनीहरुको गुनासो छ ।

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १0:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid