April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

झापाको गौरादहस्थित डोरामारी माविले मनायो ५६ औं वार्षिक उत्सव

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १२:३६
झापाको गौरादहस्थित डोरामारी माविले मनायो ५६ औं वार्षिक उत्सव

गौरादह । झापाको गौरादहस्थित डोरामारी माध्यमिक विद्यालयले आफ्नो ५६औं वार्षिक उत्सव सम्पन्न गरेको छ । विद्यालय प्राङ्गणमा शनिबार एक कार्यक्रमबीच विद्यालयले आफ्नो वार्षिक उत्सव सम्पन्न गरेको हो ।

कार्यक्रमको अवसरमा विद्यालय विद्यार्थीहरूले स्वागत तथा साङ्गीतिक नृत्य का साथमा विद्यालयको स्काउट समूहले अतिथिहरूलाई स्वागत सम्मान अर्पण गरेको थियो । कार्यक्रमको अवसर पारेर विद्यालयका पूर्व प्रधानाध्यापक , पूर्व व्यवस्थापन समिति अध्यक्ष तथा पूर्व शिक्षक अभिभावक सङ्घ अध्यक्ष हरूलाई सम्मानित गरिएको थियो ।

साथै विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थी तथा जेहेन्दार विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । विद्यालयको ५६ औं वार्षिक उत्सवको अवसरमा आयोजित अभिभावक तथा विद्यार्थीहरूका विभिन्न रोमाञ्चक खेलका विजेताहरूलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रम लाई गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदी , उप(प्रमुख जलबर्षा राजवंशी , प्रमुख प्रशासकीय अधिकृत युवराज खतिवडा तथा अक्षयकोषदाता देशबन्धु कार्की लगायतले सम्बोधन गरेका थिए । डोरामारी माध्यमिक विद्यालय २०२४ साल पुस १४ गते स्थापना भएको गौरादह क्षेत्रको सबैभन्दा पुरानो विद्यालय हो ।

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १२:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट