May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै

झापामा हात्तीले तीनवटा घर भत्कायो

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १२:0३
झापामा हात्तीले तीनवटा घर भत्कायो

जंगली हात्तीले झापाको बुद्धशान्तिमा तीनवटा घर भत्काएर क्षति पुर्‍याएको छ । सोमवार राति १२.५० बजे आएको हात्तीले बुद्धशान्ति गाउँपालिका-५ आयाबारी थारु गाउँमा क्षति गरेको हो ।

हात्तीले लुँदा दनुवारको अन्दाजी १० मन धान खाएर र घरको टाटीबेरा भत्काएर अन्दाजी रु ३० हजार बराबरको क्षति गरेको छ भने दिपनारायण दनुवारको पनि अन्दाजी १० मन धान खाएर र घरको टाटीबेरा भत्काउँदा अन्दाजी रु ३० हजार बराबरको क्षति भएको छ । त्यस्तै महेन्द्र दनुवारको पनि अन्दाजी १० मन धानसहित घरको टाटीबेरा भत्काउँदा अन्दाजी रु ३० हजार बराबरको क्षति गरेको छ ।

सोही हात्तीले नागिनप्रसाद चौधरीको २ कट्ठा जग्गामा लगाएको आलु,बैगुन,टमाटर, कोबी, केरा गरी अन्दाजी ५० हजार बराबरको क्षति गरेको प्रहरीले जनाएको छ । पीडितहरूले इलाका प्रहरी कार्यालय बुधबारेमा हिजो साँझ निवेदनका साथ जानकारी गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १२:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट