May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट

मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १२:२५
मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्‍याङमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको ज्यान गएको छ ।

दुर्घटनामा अरु तीन जना घाइते भएका छन् । नवलपुर जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले बिहान पिटीमा रहेका डडेलधुरा आलिताल गाउँपालिका–६ घर भइ बाग्मती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद एडीलाई ठक्कर दिएको थियो ।

घाइते एडीलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकल अनियन्त्रित भइ पल्टँदा चालक हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरका ४१ वर्षका लक्ष्मण लामा घाइते भएका छन ।

उहाँको हेटौँडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए । त्यस्तै यही घटनामा प्रहरी जवान नवराज सार्की र विजय खत्री सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १२:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट