sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

भेडेटार–राँके सडक : धनकुटामा धमाधम, इलाम–पाँचथरमा सुस्त

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १५:0६
भेडेटार–राँके सडक : धनकुटामा धमाधम, इलाम–पाँचथरमा सुस्त

पाँचथर । विशेषतः वर्षायाममा पूर्वी पहाडवासीलाई पिरोल्ने भेडेटार–रबि–राँके सडक निर्माणले पछिल्ला दिनमा गति लिएको छ । धनकुटा, इलाम र पाँचथरलाई जोड्ने १०० दशमलव ३६७ किलोमिटर लामो सडक निर्माणमा धनकुटातर्फ प्रगति देखिएको हो ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट सुरुआत भएको सडक पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेखगाउँसम्म चौडा विस्तार सम्पन्न भएको छ । उक्त खण्डको करिब ४५ किलोमिटर सडक चौडा सम्पन्न गरी नाली निर्माण, पर्खाल, टेवा पर्खाललगायतका भौतिक संरचना निर्माणलगायतका कार्य अघि बढेको छ । यस्तै इलाम–पाँचथर खण्डको राँकेबजार–घुर्विसेपञ्चमी खण्डमा समेत निर्माणकार्यले सामान्य गति लिएको छ ।

भेडेटार–रबि–राँके सडक आयोजनाका प्रमुख दीपेश रजकका अनुसार आयोजना निर्माणमा हालसम्म ४३ प्रतिशत भौतिक प्रगति भएको छ । “पछिल्लो १० महिनामा मात्रै हामीले निर्माणमा २७ प्रतिशत प्रगति हासिल गरेका हौँ”, रजकले भने, “यस वर्ष वर्षायाममा सवारी सञ्चालनमा समस्या नहोस् भन्ने उद्देश्यसहित काम अघि बढेको छ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारत सरकारले यो सडक निर्माणमा सहुलियतपूर्ण ऋण दिने घोषणा गरेको थियो । सोही घोषणाअनुसार २०७५ साल पुस ३ गतेदेखि यो सडक निर्माण सुरु भएको थियो । भारतको एक्जिम बैंकले सहुलियतपूर्ण ऋण निकासा गर्ने भएकाले भारतकै एप्को इन्फ्राटेक प्रालिले सडक निर्माणको ठेक्का पाएको थियो । तर उक्त भारतीय निर्माण कम्पनीले निर्माणको जिम्मेवारी दिएको भारतकै अभिषेक विल्डर्स नामक कम्पनीले करिब चार वर्ष सडक निर्माणलाई गति दिन सकेको थिएन ।

आयोजना प्रमुख रजकका अनुसार पछिल्लोपटक मुख्य निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रालि आफैँले आयोजनालाई अघि बढाइरहेको छ । यस्तै आयोजनाको परामर्शदाता कम्पनीलाई समेत हटाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतबाटै परामर्शको समेत काम गर्ने व्यवस्था मिलाएपछि निर्माणले गति लिएको हो । यस्तै आयोजनाको रुख कटानी, निर्माण सामग्रीको उत्खनन तथा प्रयोग, भौतिक संरचना विस्थापनसहितका कार्य पनि सम्पन्न भएकाले आयोजना अघि बढाउन अब कुनै समस्या नरहेको उनको भनाइ छ ।

अहिले सडकको ७० किलोमिटर क्षेत्रमा काम भइरहेको आयोजना प्रमुख रजकले बताए । “अहिलेको गति कायम राख्न सके निर्माण सम्पन्न गर्न धेरै लामो समय लाग्दैन”, उनले भने, “विगतमा कोभिड–१९ महामारी, वातावरणीय प्रभाव मूल्याङ्कन, रुख कटानी र संरचना हटाउने कुराले धेरै अड्चन गरेका रहेछन् ।” उनका अनुसार हालसम्म आयोजना निर्माणमा चारपटक म्याद थप भएको छ । पछिल्लोपटक थप गरिएको म्याद आगामी भदौ १२ गतेसम्म छ ।

निर्माणमा ३५ वटा स्काभेटर, दुई दर्जनबढी अन्य निर्माण सामग्री, करिब तीन सय ५० जना कामदार खटिएका छन् । यहाँ डिभीएसटी प्रविधिबाट कालोपत्र गर्न लागिएको र सो प्रविधिका लागि तापक्रम उपयुक्त हुँदामात्रै सम्भव हुने भएकाले कालोपत्रको काम भने मौसममा आधारित हुने रजकको भनाइ छ ।

“यो भूभाग चिसो ठाउँ भएकाले कालोपत्रमा ढिलाइ हुन्छ । तर अहिले हामीले ग्रेड, सवबेस र बेसको काम सँगसँगै गरिरहेका छौँ”, रजकले भने, “ग्राभेल र नाली बनाइसकेको अवस्थामा इलाम–पाँचथरवासीले पाउने गरेको दुःख हुँदैन । आउँदो वर्षायाममा सडकको समस्या हटाउन सकिन्छ भन्ने मैले विश्वास लिएको छु ।”

सबै क्षेत्रमा एकैसाथ निर्माण हुन नसक्दा सेवाग्राही भने ढुक्क देखिँदैनन् । सडक निर्माण सुरुआत भएको धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का दिलीप मगर पछिल्ला दिनमा निर्माणले गति लिएकामा खुसी छन् । “अहिले देखिएको प्रगतिलाई निरन्तरता दिनुहुन म निर्माण कम्पनी र आयोजना कार्यालयलाई आग्रह गर्छु”, मगरले भने ।

तर पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ हुलाकका डिल्ली राईले सडक कालोपत्र हुने कुरामा आफूलाई विश्वास लाग्न छाडेको बताए । “कालोपत्र हुने भनेको यत्तिका समयमा पनि यहाँ कुनै काम हुनसकेको छैन । वर्षा लाग्नासाथ पैदल हिँड्नुपर्ने अवस्था आउँछ”, राईले भने ।

यो सडक धनकुटामा ४५ दशमलव ३९ किमी, पाँचथरमा ३० दशमलव १८ किमी, इलाममा २२ दशमलव १९ र इलाम–पाँचथर सीमामा दुई दशमलव ०६ किमी पर्छ । उच्च पहाड हुँदै निर्माणाधीन सडक वर्षा लाग्नासाथ हिलाम्य हुने हुँदा सवारी सञ्चालन ठप्पप्रायः हुन्छ । कुल रु तीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार पाँच सय ७२ को लागतमा १०० दशमलव ३६७ किलोमिटर सडक नौ मिटर चौडा कालोपत्र गर्नुपर्ने निर्माण सम्झौतामा उल्लेख छ ।

पछिल्लोपटक सडकको स्थलगत अवलोकन गरेका पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङका अनुसार निर्माण कम्पनीलाई सबै खण्डमा काम अघि बढाउन, जनशक्ति र उपकरण थप गर्न तथा वर्षायामअघि नै सबै स्थानमा ग्राभेल सम्पन्न गर्न आग्रह गरिएको बताए । “काम हुन नसक्दा इलाम–पाँचथर खण्डका जनतालाई सडक बन्ने विश्वास छैन । सबै खण्डमा काम थालेर वर्षायाममा सवारी सञ्चालन सहज बनाउन निर्माण कम्पनी सकारात्मक भएको छ”, नेम्वाङले भने ।

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १५:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid