April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

अधिकृत (सीईओ) नवीन सुबेदीविरुद्ध विशेष आदलतमा मुद्धा

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १४:५७
अधिकृत (सीईओ) नवीन सुबेदीविरुद्ध विशेष आदलतमा मुद्धा
  • अधिकृत (सीईओ) नवीन सुबेदीविरुद्ध विशेष आदलतमा मुद्धा दायर भएको छ ।
  • शुद्धीकरण गरिएको सम्पत्ति जफत गर्न प्रतिवादी कायम गरेर मुद्दा चलाएको विभागले जनाएको छ ।

काठमाडौं ।।

सप्तकोशी डेभलपमेन्ट बैंकका तत्कालीन कार्यकारी अधिकृत (सीईओ) नवीन सुबेदीविरुद्ध विशेष आदलतमा मुद्धा दायर भएको छ । सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध विशेष आदलतमा मुद्दा दायर गरेको हो ।

बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवेदीले २०७२ साल चैत्रदेखि २०७८ साल मंसिरसम्म सप्तकोशी डेभलपमेन्ट बैंक कर्पोरेट कार्यालयमा रेमिट्यान्स कारोबार हुने पुमरी बैंकिङ सफ्टवेयरको ‘पार्किङ एकाउन्ट’ मा रेमिटयान्स नै नआएको अवस्थामा फर्जी कारोबार गरी बैंकलाई १५ करोड ७४ लाख ४० हजार ५ सय ७४ ठगी गरेको आरोप लागेको थयो ।

सोही बैंकिङ कसूर मुद्दामा उनको खातामा अस्वभाविक रकम ‘ट्रान्जेक्सन’ भएको देखिएको भन्दै सम्पत्ति शुद्धीकरणको कसुरमा विभागले अनुसन्धान तथा कारवाही सुरु गरेको थियो ।

बैंकका तत्कालीन कार्यकारी प्रमुख अधिकृतले बैंकको रकम अपचलन गरी बैंकिङ कसुर गरी आर्जन गरेको एक करोड १८ लाख ७७ हजार ७०० रुपैयाँ सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन २०६४ अनुसार निषेधित कार्य गरी गरेर सम्पत्ति शुद्धीकरणको कसूर गरेको देखिएको विभागले जनाएको छ ।

सोही आधारमा नवीन सुवेदीलाई १ करोड १८ लाख ७७ हजार सात सय रुपैयाँ बिगो दाबीसहित विभागले मुद्दा दायर गरेको जनाएको छ । यस्तै कसूरवाट प्राप्त सम्पत्तिबाट आर्जन गरेको तथा नवीन सुवेदी नै संरक्षक देखिएको नाबालक छोराछोरीको नाममा रहेकोसहित उनको नाममा रहेको सम्पत्ति जफत गर्नुपर्ने मागदाबी सहित अभियोग पत्र दायर भएको विभागले जारी गरेकको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

सुवेदीले सप्तकोशी डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको हैसियतले सम्बद्ध कसूर गरी सोही माध्यमवाटै सम्पत्ति शुद्धीकरणको कसूर गरेकोले तथा उनले सम्पत्ति लुकाउन प्रयोग गरेका हरिकुमारी सुवेदी र बविता पोखरेल सुवेदी समेतलाई शुद्धीकरण गरिएको सम्पत्ति जफत गर्न प्रतिवादी कायम गरेर मुद्दा चलाएको विभागले जनाएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १४:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।