May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

हात्ती समाधानका लागि मुख्यमन्त्री कार्की बाहुनडाँगीदेखि उदयपुरसम्म पैदल यात्रा गर्ने

  • साझा परिवेश
  • आइतवार, माघ २१, २०८० १२:४४
हात्ती समाधानका लागि मुख्यमन्त्री कार्की बाहुनडाँगीदेखि उदयपुरसम्म पैदल यात्रा गर्ने

आउँदो माघ २६ गतेबाट पन्ध्र दिनसम्म कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको टोलीले बाहुनडाँगीदेखि उदयपुरसम्म हात्तीको करिडोरको अध्ययन र अवलोकनका लागि पैदल यात्रा गर्ने भएका छन् ।

आज चारआलीमा मेचीनगर–१३ का चार जातीहरु (शेर्पा, तामाङ, गुरुङ र मगर) ले संयुक्त रुपमा आयोजना गरेको ल्होछार पर्वमा सरकारका प्रवक्ता समेत रहेका कोशी प्रदेशका आन्तरीक मामिला तथा कानून मन्त्री शमशेर राईले यहि माघ २६ गतेदेखि मुख्यमन्त्री केदार कार्की नेतृत्वको टोलीले बाहुनडाँगीबाट उदयपुरको जोगिदहसम्म हात्तीको दिगो र रणनीतिक समाधानका लागि पैदल यात्रा गर्ने भएका हुन् ।

‘हात्तीले जति दुःख दियो अब यसको सहअस्तित्वलाई स्वीकारेर व्यवस्थापनका लागि लाग्छौँ’, मन्त्री राईले भने–‘ होमस्टे, स्थानीय उत्पादन र हात्तीलाई पर्यटनसँग जोडेर बजारीकरणमा लाग्छौँ । त्यसका लागि बाहुनडाँगीदेखि हात्ती हिड्ने क्षेत्रसम्म १५ दिने पैदल यात्रा गर्ने योजना रहेको छ ।’

मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले मानव–हात्तीबीचको द्वन्द समाधानका लागि, बाहुनडाँगीलाई पर्यटनसँग जोड्न र जनताले अव हात्तीलाई हेर्ने स्वाभाव बदल्न यो अभियानले सार्थकता पाउँने कुरामा विश्वास रहेको बताए ।

  • साझा परिवेश
  • आइतवार, माघ २१, २०८० १२:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।