काठमाडौँ । काठमाडौँको तीनकुनेमा विद्युत्को पोलमा आगलागी भएको छ ।
आफैँ लागेको आगो सुरक्षाकर्मीले दमकल र ग्याँसको प्रयोग गरेर नियन्त्रणमा लिएका छन् ।
विद्युत् सट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । आगलागीबाट बिजुलीको पोलमा बाँधिएका तारहरू जलेका छन् ।
दमकल र ग्याँस प्रयोग गरेर आगलागी नियन्त्रणमा लिइएको प्रहरी वृत्त बानेश्वरका डिएसपी शिवराज बुढाथोकीले जानकारी दिए ।