May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

जाजरकोट भूकम्पपछि त्रिपालमुनि मृत्यु हुनेको संख्या ३७ पुग्यो

  • साझा परिवेश
  • आइतवार, पुस २२, २०८० १0:२५
जाजरकोट भूकम्पपछि त्रिपालमुनि मृत्यु हुनेको संख्या ३७ पुग्यो

जाजरकोट । जाजरकोट भूकम्पपछि चिसोका कारण त्रिपालमुनि मृत्यु हुनेको संख्या ३७ पुगेको छ । हिउँदको कठ्यांग्रिदो चिसो र समयमा उपचार समेत नपाउँदा भूकम्पपीडितहरूले त्रिपालमुनि ज्यान गुमाइरहेका छन् ।

शनिबार मात्रै भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै भेरी नगरपालिका–१, रावतगाउँका कर्णबहादुर विश्वकर्माको मृत्यु भएको छ । ओत् लाग्ने घर भत्किएपछि पाँच जनाको परिवार लिएर विश्वकर्मा त्रिपालमुनि पुगेका थिए । दुई छाकको जोहो गर्नै धौ–धौ पर्ने परिवारका उनलाई एक्कासी भूकम्पले चिसो भुँइमा त्रिपालमुनि धकेलिदियो ।

घरको ओत् छुटेपछि कर्णबहादुर नै परिवारको ओत् बनेका थिए । तर उनलाई कति बेला चिसाले समात्यो ? पत्तै भएन । करिब एक साता चिसोका कारण बिरामी परेका उनी निमोनियाको शिकार बनेका छन् ।

शुक्रबार जिल्ला अस्पतालमा उपचार नभएर रेफर भएका उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि पु¥याउँदा उपचार गर्न ढिला भइसकेको थियो । कडा खालको निमोनिया भएको भन्दै चिकित्सकले मृत घोषणा गरेको छोरा रुपलाल विश्वकर्माले बताए ।

‘त्रिपालमुनिको बास छ, सबैलाई चिसो त लागेकै छ । तर बेलामा उपचार गर्न पनि सकिएन,’ रुपलालले भने, ‘घर भत्किएपछि बुवा नै हाम्रो घर हुनुहुन्थ्यो । अब त हाम्रो पो झन् विचल्ली हुनेभयो ।’ प्रादेशिक अस्पतालमा मृत्यु भएका कर्णबहादुरलाई उपचारका लागि पैसाको समस्या थियो । छोरा रुपलालले मोवाइल बेचेर बुवाको शव निकालेर ल्याएको बताए ।

योसँगै जाजरकोट भूकम्पपछि एकपछि अर्को गर्दै ३७ जनाको मृत्यु भइसकेको छ । २०८० कात्तिक १७ गते भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका समेत गरी १५३ जनाको मृत्यु भएको थियो ।

भूकम्पको लामो समय बित्दा पनि त्रिपालमुनि बस्न बाध्य पीडितहरूले अस्थायी टहरो खडा गर्न सकेका छैनन् । जसकारण चिसोकै कारण ३७ जनाको ज्यान गइसकेको छ ।

  • साझा परिवेश
  • आइतवार, पुस २२, २०८० १0:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।