April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ

सङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १0:५७
सङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

अस्थायी, ज्यालादारी, करारमा कार्यरत कर्मचारीका लागि एक पटक उमेरको हद नलाग्ने व्यवस्था गर्न माग

 

काठमाडौं । नेपाल निजामती कर्मचारी सङ्गठनले योग्यता पुगेका अस्थायी, ज्यालादारी, करारमा कार्यरत कर्मचारीका लागि एक पटक उमेरको हद नलाग्ने व्यवस्था गर्न माग गरेको छ । लोकसेवा आयोगबाट सीमित प्रतियोगिता गराई स्थायी गर्नका लागि पहल गर्न सङ्गठनले माग गरेको हो ।

नेपाल निजामती कर्मचारी सङ्गठनको हालै सम्पन्न बैठकका निर्यणहरु मंगलबार सार्वजनिक गर्दै सो माग अघि सारेको जनाएको छ । सङ्गठनका कोषाध्यक्ष गणेशप्रसाद आचार्यद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखापरीक्षण आयोगका अध्यक्ष सिताराम घिमिरेबाट प्रस्तुत लेखापरीक्षण प्रतिवेदन सुझावसहित पारित गरिएको छ ।

बैठकमा सङ्गठनका १५ वटा केन्द्रीय विभाग, आठ प्रदेश कार्य समिति र ११७ वटा जिल्ला विभागीय कार्य समितिको तर्फबाट रिपोर्टिङ प्रस्तुत गरिएको छ । केन्द्रीय कार्य समितिको वार्षिक कार्ययोजना र समसामयिक विषयमा भक्तपुर घोषणापत्रसमेत जारी गरिएको छ ।

राष्ट्रियस्तरका ट्रेड युनियनले दिएका ७१ बुँदे साझा सुझावसहित स्वास्थ्य सेवा र संसद् सेवालाई निजामती सेवामा समावेश गरी सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गर्न सङ्गठनले माग गरेको छ । सङ्गठनले अस्थायी, ज्यालादारी, करार सेवामा कार्यरत र अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीहरूलाई सेवा सुरक्षाको कुनै सुनिश्चितता नगरी अपमानजनक तवरले सेवाबाट हटाउने र पुनः करार सेवामा कामकाजमा लगाउने कार्यको विरोध गरेको छ ।

साबिकको स्थानीय निकाय, दुर्गम क्षेत्र विकास समिति, घरेलु विकास समिति, जिल्ला विकास समिति लगायतका निकायबाट समायोजन भई स्थानीय तहमा कार्यरत कर्मचारीहरूको उपदानको सुनिश्चितताका लागि प्रदेशस्तरमा उक्त कोषको व्यवस्थापन गरेर मात्र कर्मचारीहरूको सरुवा गर्ने व्यवस्था गर्नसमेत सङ्गठनले माग गरेको छ । राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौँ राष्ट्रिय भेला आगामी मङ्सिर १५ र १६ गते सम्पन्न हुने महासचिव जीवन काफ्लेले जानकारी दिए।

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १0:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।