May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

सुनसरी र मोरङबाट सयभन्दा बढी मोटरसाइकल चोरीगर्ने नाइकेसहित दुई जना पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, पुस २४, २०८० १0:३0
सुनसरी र मोरङबाट सयभन्दा बढी मोटरसाइकल चोरीगर्ने नाइकेसहित दुई जना पक्राउ

सुनसरी र मोरङमा मोटरसाइकल चोरीका घटना बढेका छन् । पछिल्लो समय दुई जिल्लाबाट मात्रै एक सयभन्दा बढी मोटरसाइकल चोरी भएको पाइएको छ ।

विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर भारत पुर्याई बिक्री गर्ने गिरोहका मुख्य नाइकेसहित दुई जनालाई पक्राउ गर्न मोरङ प्रहरी सफल भएको छ । अपराधिक पृष्ठभूमि बोकेको गिरोहलाई पक्राउ गरेर अनुसन्धान गर्दा चोरी गरिएका ठूलो संख्याका मोटरसाइकल भारत पुर्याइएको पत्ता लागेको हो । चोरीमा अपराधिक पृष्ठभूमि भएका व्यक्ति सम्मिलित संगठित गिरोह संलग्न रहेको खुलेको छ ।

गिरोहको नेतृत्वकर्ता सुनसरीको हरिनगरा गाउँपालिका– ६ का ४० वर्षीय नजाम अन्सारी र अर्का भोक्राहानरसिंह गाउँपालिका–२ का २३ वर्षीय निकाइल अन्सारीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार गिरोहले मोरङ र सुनसरीका विभिन्न स्थानबाट सयभन्दा बढी मोटरसाइकल चोरी गरेर भारतमा पु¥याई बिक्री गरिरहेको पत्ता लागेको छ ।

दुवै जना गत मंसिर २९ गते विराटनगरबाट पक्राउ परेका हुन् । तीमध्ये नजामको साथबाट १.३ ग्राम लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको थियो । दुवै जनाले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको देखिने सीसी क्यामेरा फुटेजसमेत प्राप्त भएको डीएसपी दाहालको भनाइ छ ।

विराटनगर महानगरपालिका–२ बन्जरा चोकबाट गत भदौ १० गते को २६ प ७७७६, विराटनगर–४ नोबेल अस्पताल परिसरबाट असोज १५ गते को ४३ प ४८०४, विराटनगर–७ सेन्ट्रल मलको अण्डर ग्राउण्ड पार्किङबाट मंसिर ६ गते को १० प ९५६६ र विराटनगर–९ गुद्री बजारबाट मंसिर ८ गते को २८ प ७८१५ नम्बरको मोटरसाइकल चोरी भएको थियो । त्यस्तै, विराटनगर–७ कोशी अस्पताल परिसरबाट मंसिर ९ गते को २५ प १८११, नोबेल अस्पतालको पार्किङबाट मंसिर २२ गते को २९ प ५५४ तथा विराटनगर–६ भाटभटेनी सुपरपार्केको पार्किङस्थलबाट मंसिर २७ गते को २१ प ५८९४ नम्बरको मोटरसाइकल चोरी भयो ।

दाहालका अनुसार पीडितबाट जाहेरी लिएर अनुसन्धान सुरु गर्दा संगठित गिरोहले मोरङ र सुनसरीमा मोटरसाइकल चोरी गर्ने धन्दा चलाइरहेको पत्ता लागेको छ । चोरी गरिएको मोटरसाइकल जोगवनी, फारवेसगन्ज र फुल्काहालगायतका भारतीय बजारमा पुर्याएर बिक्री गर्ने गरेको उनले बताए । मोटरसाइकल चोरीमा संलग्न दुवै जनाविरुद्धको अनुसन्धान सकेर प्रहरीले सोमबार सरकारी वकिल कार्यालय मोरङमा मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएको छ ।

नजाम र निकाइलविरुद्ध चोरीको कसुरमा ७ वटा तथा नजामविरुद्ध भने लागूऔषध ऐनअन्तर्गतको समेत मुद्दा चलाउनुपर्ने रायसहितको मिसिल प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको हो । अनुसन्धानबाट प्राप्त प्रमाण र तथ्यसहितको मिसिलका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै अभियुक्तविरुद्ध अदालतमा मुद्दा दायर गर्नेछ । दुवै जनाविरुद्ध भ्याएसम्म मंगलबार, नभए बुधबार मुद्दा दर्ता गर्ने तयारी रहेको वकिल कार्यालयले जनाएको छ ।
मोटरसाइकल चोरी अत्यधिक बढेपछि नियन्त्रण गर्न र चोरीमा संलग्नलाई पक्राउ गर्न ‘विशेष अप्रेशन’ चलाइएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । उनका अनुसार ‘विशेष अप्रेशन’ चलाएर पक्राउ गरिएकामाथि अनुसन्धान गर्दा चोरीमा संगठित गिरोह नै संलग्न रहेको पत्ता लागेको छ ।

नजाम नेतृत्वको गिरोहमा अन्य व्यक्ति पनि संलग्न रहेको र ती व्यक्तिहरुको खोजी भइरहेको जानकारी प्रहरीले दिएको छ । एसपी पोखरेलले ठूलो मिहीनेत गरेर मोटरसाइकल चोरी गर्ने गिरोहका नाइकेसहितलाई समात्न प्रहरी सफल भएको जानकारी दिए । उनका अनुसार नेपालबाट चोरेर भारतीय बजारमा बिक्री गरिएका मोटरसाइकल नेपालका सिमावर्ती क्षेत्रबाट भारतीय बजार कटियारतर्फ अवैध घरेलु मदिरा ओसारपसारमा प्रयोग हुने गरेको पाइएको छ ।

उनले गिरोहका नाइकेसहित दुई जना पक्राउ परेपछि लगभग केही समययता मोटरसाइकल चोरीका घटनामा कमी आएको बताए । मोटरसाइकल चोरी नियन्त्रण गर्न तथा चोरीमा संलग्न गिरोहको सञ्जाल भत्काउन प्रहरीको विशेष टोली परिचालन गरिएको र शंकास्पद स्थानलाई उच्च निगरानीमा राखिएको जानकारी एसपी पोखरेलले दिए । प्रहरी सक्रियताकै कारण पछिल्लो समय मोटरसाइकल चोरी कम हुँदै गएको उनको भनाइ छ ।

अपराधिक पृष्ठभूमि बोकेका नजामको नेतृत्वमा गिरोह
मोटरसाइकल चोरी गर्ने गिरोहको नेतृत्व अपराधिक पृष्ठभूमि भएका नजाम अन्सारीले गरिरहेको पाइएको छ । चोरीका मुख्य नाइके उनी विगतमा थुप्रै अपराधिक घटनामा संलग्न भएका व्यक्ति हुन् । उनीविरुद्ध यसअघि विभिन्न कसुरमा ५ वटा मुद्दा चलेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ ।
नजामविरुद्ध विगतमा जबरजस्ती करणी, बैंकिङ कसुर, चोरी र सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्दा चलेको हो । अपराधिक विगत बोकेका नजाम अहिले भने गिरोह खडा गरेर मोटरसाइकल चोरी गर्ने धन्दामा सक्रिय रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पहिलोपटक २०५९ साल मंसिर ८ गते मोरङ प्रहरीमा उनीविरुद्ध चोरी मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा मंसिर ३० गते मोरङ अदालतले उनीसँग ५ हजार रूपैयाँ धरौटी मागेको थियो । धरौटीवापतको रकम तिर्न नसक्दा नजाम कारागार चलान भएका थिए ।
सुनसरी प्रहरीमा उनीविरुद्ध २०६७ पुस २० गते सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालय सुनसरीले उनीसँग धरौटीवापत ९ हजार रूपैयाँ मागेको थियो । पुनः २०७२ जेठ २७ गते सुनसरी प्रहरीमा सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्दा दर्ता भयो । असार ७ गते जिल्ला प्रशासन कार्यालयले धरौटीवापत ३ हजार मागेको थियो ।

नजामविरुद्ध २०७६ माघ २० गते मोरङ प्रहरीमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो । मोरङ प्रहरीमा नै २०७९ कात्तिक १५ गते बैंकिङ कसुरको मुद्दा उनीविरुद्ध दर्ता भएको थियो । नजामको अपराधिक पृष्ठभूमि केलाएर विस्तृतमा अनुसन्धान गरेको प्रहरीले मोटरसाइकल चोरीमा संलग्न अन्य व्यक्तिको पनि खोजी तीव्र पारेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, पुस २४, २०८० १0:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।