July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

चलचित्रको विकासका लागि काम गर्न नीति नै छैनः अध्यक्ष केसी

  • साझा परिवेश
  • मङ्लबार, माघ २, २०८० १६:00
चलचित्रको विकासका लागि काम गर्न नीति नै छैनः अध्यक्ष केसी

काठमाडौं । नेपाल चलचित्र बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रको विकासका लागि आवश्यक काम गर्न नीति, नियम र विधान नभएको बताएका छन् ।

सातौं नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सवको आधिकारिक घोषणा कार्यक्रममा उनले हाल नेपालमा भएको विधेयकले चलचित्र क्षेत्रमा आवश्यक विकास सम्भव नभएको भन्दै नयाँ नीति बनाएर सम्पूर्ण कला क्षेत्रलाई अगाडि बढाउन प्रयासरत रहेको बताए ।

उनले भने, ‘गर्न चाहेका कति कामहरु हाम्रो नीति, नियम, विधानमा नै छैनन्, त्यसकारणल फेरि नयाँ नीति बनाउँदै सम्पूर्ण कला क्षेत्रको अगाडि बडोस् भन्नका लागि कोशिस गरिरहेका छौ । नेपाली चलचित्रमा विदेशी लगानी ल्याउन सकियो भने अन्तरराष्ट्रिय स्तरमा नेपालका फिल्महरुले पनि प्रतिस्पर्धा गर्न सक्छन् । यसका लागि पनि हामी पहल गरिरहेका छौ ।’

यस्तै, उनले निफलाई चलचित्र बोर्डको पूर्ण सहयोग रहेको भन्दै कार्यक्रमलाई सफल बनाउनको लागि आर्थिक रुपमा पनि सक्दो सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले उपयुक्त किसिमको पुँजी र बजार व्यवस्थापन नहुनु आजको चलचित्र कर्मको सबैभन्दा ठूलो चुनौती रहेको बताए ।

उनले भने, ‘राष्ट्रिय चलचित्र उद्योग जसलाई हामी भन्छौ, त्यो उद्योग र राष्ट्रिय हुन सकेको छैन्, यस बारेमा धेरै अध्ययनको आवश्यकता छ । उद्योग र राष्ट्रिय हुन नसके पनि चलचित्र भने छ, चलचित्र भएको हुनाले चलचित्र कर्म पनि छ, त्यसलाई दिगो रुपले टेवा दिने, उपयुक्त किसिमको पुँजी र बजार व्यवस्थापन नहुनु सबैभन्दा ठूलो चुनौती हो ।’

यस्तै, कलाकार प्रदिप पौडेलले फिल्म क्षेत्रलाई संस्कृति मन्त्रालयअन्तर्गत राख्ने हो भने फिल्म संस्कृति र पर्यटनलाई प्रवर्द्धन गर्ने सक्ने माध्यम बनाउन सकिने धारणा व्यक्त गरे ।

उनले भने, ‘सञ्चार मन्त्रालयअन्तर्गत फिल्म बोर्ड हुँदै गर्दा यसलाई गलत प्रचारप्रसारको माध्यम मात्रै हो भनेर बुझिएको हो कि, संस्कृति मन्त्रालयअन्तर्गत जाने हो भने संस्कृति प्रवर्द्धन गर्ने माध्यमको रुपमा चिनिन्थ्यो कि, हामीले नेपालमा रहेको सुन्दरतालाई फिल्मको माध्यमबाट धेरै प्रचार गर्न सक्छौं । फिल्म क्षेत्रलाई संस्कृति मन्त्रालयअन्तर्गत राख्ने हो भने फिल्म संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने सक्ने माध्यम बनाउन सकिन्थ्यो ।’

  • साझा परिवेश
  • मङ्लबार, माघ २, २०८० १६:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्