काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएकाहरू विद्युत् महसुल तिर्नुको विकल्प नभएको बताएका छन् ।
अदालत, अख्तियार र अन्य कुनै पनि निकायबाट आएका आदेश र निर्देशनले गर्दा पनि डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत लिएकाहरूसँग महसुल उठाउनुको विकल्प प्राधीकरणसँग पनि नरहेको घिसिङले स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको मंगलबारको बैठकमा घिसिङले २०७२ देखि २०७५ सालको बीचमा विभिन्न उद्योगहरूले सर्वसाधारण जनताले लोडसेडिङमा रहेको बेला डेडिकेटेड र ट्रंक लाइनको माध्यमबाट दिनमा २४ घण्टा विद्युत उपभोग गरेको बताउँदै त्यो बेला लिएको विद्युतको महसुल तिर्नैपर्ने उनले बताए