April 14, 2025 | सोमवार, बैशाख २, २०८२
सुचनाहरु
आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने

‘कमेडी च्याम्पियन सिजन ३’ को तयारी तीव्र

  • साझा परिवेश
  • मङ्लबार, माघ २, २०८० १३:१२
‘कमेडी च्याम्पियन सिजन ३’ को तयारी तीव्र

काठमाडौँ । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन ३’ छिट्टै सुरु हुने भएको छ । निर्माण युनिटले मंगलबार एक विज्ञप्ति जारी गर्दै अडिशन राउण्डको छायाङ्कन सकिएको र प्रसारणको तयारीमा प्रोमोशन सुरु भएको जानकारी दिएको हो ।

आयोजकका अनुसार प्रतियोगीताका लागि डिजिटल अडिशनबाट हजारौँ आवेदकमध्ये १३२ जनालाई प्री–जजीङमा सहभागी गराएको र उनीहरुबाट ७६ जना फिजिकल अडिशन राउन्डमा छानिएका छन् ।

शोको पहिलो सिजनका हिमेश पन्त, सुमन कार्की लगायत चर्चित छन् । दोस्रोको भरतमणि पौडेल, सन्तोष थापा, बिक्की अग्रवाल लगायत चर्चामा छन् ।

तेस्रो सिजनमा उमेरको हिसाबले १३ वर्षकी बालिकादेखि केहि सिनियर सिटिजनसम्म, तराई मूलकादेखि कालिकोटबाट तथा अमेरिकादेखि आएका प्रतिस्पर्धीसम्म रहेका छन् ।

कान्तिपुर टेलिभिजन र डिजिटल प्लेटफर्म ओ.एस.आरबाट शो आउन लागेको मिडिया एजेन्सी ए.डिले बताएको छ । एजेन्सीका शोको अनुसार मुख्य प्रायोजकमा डिशहोम फाईबरनेट, आई.एम.ई.लाईफ शईन्स्योरेन्स, गोल्डस्टार शुज, यतिकार्पेट, जोय स्किन केयर प्रोडक्ट्स, महालक्ष्मी पेन्टस् तथा एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्विसेसका साथै के.एल.दुगड रहेका छन् । भोटिङ पार्टनरमा खल्ती तथा मेक अप पार्टनर दीवान युनिसेक्स् सालोन् छन् ।

सिजन थ्रिको निर्णायकमा सिन हास्य कलाकार द्वय सन्तोष पन्त र मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई रहनेछन् ।

यो सिजन पनि कार्यक्रम प्रस्तोतामा रीमा विश्वकर्मा र मेक्सम गौंडेल रहनेछन् । यो सिजका विजेताले पनि नगद रु २५ लाख तथा सोही बराबरको गाडी जित्नेछ ।

  • साझा परिवेश
  • मङ्लबार, माघ २, २०८० १३:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट