May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

प्रधानमन्त्रीलाई आफ्नै कर्मचारीद्वारा चेतावनीको एसएमएस

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १२:१७
प्रधानमन्त्रीलाई आफ्नै कर्मचारीद्वारा चेतावनीको एसएमएस
  • कर्मचारीद्वारा प्रधानमन्त्रीलाई एसएमएस गरेर माग स्मरण 
  • कर्मचारीहरूले ‘नासुका आँसु’ देख्नु भएन ? भन्दै एसएमएस गरे
  • आफ्ना माग पूरा नभए आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाँध्य हुने चेतावनी

काठमाडौं ।।

सरकारले संघीय निजामती सेवा ऐन संसद्‌मा दर्ता गर्ने तयारी गरिरहेका बेला कर्मचारीहरूले प्रधानमन्त्रीलाई एसएमएस गरेर माग स्मरण गराएका छन् । शुक्रबार देशभरका कर्मचारीले प्रधानमन्त्री, उपप्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मुख्य सचिव लगायतलाई एसएमएस गरी आफ्ना माग पुन: स्मरण गराएका हुन् ।

कर्मचारीहरूले ‘नासुका आँसु’ देख्नु भएन ? भन्दै एसएमएस गरेका छन् ।  राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको पहलमा देशभरबाट कर्मचारीले विभिन्न माग राखी एसएमएस गरिरहेको कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले जानकारी दिए ।

आफ्ना माग पूरा नभए आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाँध्य हुनेसमेत उनीहरूले जनाएका छन् ।

 

एसएमएसको विवरण 

सम्माननीय प्रधानमन्त्रीज्यू !

‘नासुका आँसु’ देख्नु भएन ?

१. निजामती सेवा अधिकृतमुखी बनाउँदै पाँच वर्ष सेवा अवधि भएकालाई एक तह र १० वर्ष सेवा अवधि भएकालाई दुई तह वृद्धिसहित तिनै तहमा तहगत प्रणाली लागु गरियोस्,

२. अधिकृत तहको सेवा प्रवेश विन्दु छैटौँ तहलाई कायम गरियोस्,

३. छैटौँ अधिकृत तहको पदपूर्ति

५० प्रतिशत खुल्ला, ४० प्रतिशत बढुवा, १० प्रतिशत  आन्तरिक/अन्तर तह प्रतिस्पर्धाको व्यवस्था होस्,

४. चौथो तहको पदपूर्तिमा ७० प्रतिशत खुल्ला, २० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था होस् अन्य पदमा हालको व्यवस्था यथावत् कायम गरियोस्,

५. तोकिएको सेवा अवधि र शैक्षिक योग्यता भएका राजपत्र अनंकित कर्मचारीलाई एघारौँ र नवौँ तहको खुला प्रतिस्पर्धामा सहभागी हुन नरोकियोस्,

६. एकपटकलाई समायोजनको पुनरावलोकन व्यवस्थासहित प्रदेश र स्थानीय तहका कर्मचारीको अन्तर प्रदेश सरुवाको व्यवस्था गरियोस्,

७. सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य बनाइयोस् ।

 

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १२:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट