April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै

जव खगेन्द्र खरो र भाग्य नेउपानेले यी नानीहरुको खोजी सुरु गरे.

  • साझा परिवेश
  • शुक्रबार, माघ ५, २०८० १९:४६
जव खगेन्द्र खरो र भाग्य नेउपानेले यी नानीहरुको खोजी सुरु गरे.

झापा ।। मंसिर २७ गते मोरङको सुन्दर हरैंचाका दुइ जना बालिका घर बाट हराए । बिद्यालय गएका नानीहरु एउटा पत्र लेखेर बेपत्ता भए । यस बिषयमा परिवारले प्रहरीमा उजुरी गरे । साथै नानीहरु खोजी दिन आग्रह गर्दै संचारकर्मी अनुसन्धान मिडियाका खगेन्द्र खरो र तात्तातो खवरका भाग्य न्यौपानले यस बिषयमा भिडियो उठान गरे ।

भिडियो सामाजीक संजाल र युटुवमा प्रशारण भएसँगै ति ११ बर्ष र १४ बर्षका नानीहरु दार्जिलिङबाट फेला परे । फेला परेका बालिकाहरुलाई करिव ३५ दिन पछि आज काकँरभिट्टामा प्रहरीको रोहवरमा अभिभावकलाई बुझाइएको छ ।

ति बालिकाको सकुशल उद्दार गरी शुक्रवार नेपाल ल्याइएको थियो । उद्दार गरिएकाहरुमा मोरङको सुन्दर हरैंचा–६, गछियाकी १४ वर्षीया आयुष्का पोखरेल र १२ वर्षीया राधिका दर्जी हुन । मंसीर २७ गते विद्यालय गएको भनी घरबाट हिंडेका पोखरेल र दर्जी बेलुकासम्म पनि घर नफर्किएपछि परिवारले खोज्न सुरु गरेको थियो ।

गछियास्थित साजिलाल सेकेन्डरी स्कूलको कक्षा ८ की छात्रा पोखरेल परीक्षा लेख्न र सोही विद्यालयको कक्षा ४ की छात्रा दर्जी पढ्न भन्दै विद्यालय गएका पारिवारिक बताएको छ । दुवैजना भारत पश्चिम बंगाल राज्यको दार्जिलिङ पुगेका थिए ।

घुम्न निस्किएका उनीहरुलाई राति ८ बजे मोजा किन्दै गर्दा शंका लागेर त्यहाँको प्रहरीले कहाँबाट र कोसँग आएको भनी सोधपुछ गरेको थियो । त्यसक्रममा उद्दार भएका उनीहरुलाई त्यहाँस्थित बालबालिका उद्दार गर्ने संस्था इजिट दार्जिलिङमा राखिएको थियो ।
यस कोलकातास्थित महावाणिज्य दूतको कार्यालयलाई पत्राचार भएको थियो । त्यसपछि उक्त कार्यालयका सचिव सतिश थापा नेतृत्वको उद्दार गरिएका बालिकालाई नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित परिवारलाई जिम्मा लगाएको हो ।

बालिकाहरुले सुन्दर हरैंचास्थित एक सुन पसलमा आफूले कानमा लगाएको सुनको मुन्द्रा राखेर ७ हजार रुपैयाँ लिएको बताए ।

  • साझा परिवेश
  • शुक्रबार, माघ ५, २०८० १९:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट