July 3, 2025 | बिहिबार, असार २०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रचण्डले सत्ता टिकाउन शक्तिकेन्द्र रिझाइरहेका छन् : उपमहासचिव ज्ञवाली

  • साझा परिवेश
  • आइतवार, माघ ७, २०८० १२:१६
प्रचण्डले सत्ता टिकाउन शक्तिकेन्द्र रिझाइरहेका छन् : उपमहासचिव ज्ञवाली

चितवन । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्ता टिकाउन प्रधानमन्त्री प्रचण्डले शक्तिकेन्द्रको भक्तिभाव गर्ने काम गरिरहेको आरोप लगाएका छन् ।

विद्युत व्यापार सम्झौता र भारतीय दूतावासलाई २० करोड सीधै खर्च गर्न दिने सम्झौता प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउन गरेको भक्तिभावको उदाहरण भएको ज्ञवालीको भनाइ छ ।

प्रेस चौतारी चितवनले आइतबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता ज्ञवालीले भने, ‘अहिलेको सरकारलाई जनताप्रतिको जवाफदेहिता र विश्वास छैन, त्यसैले सत्ता टिकाउन शक्ति केन्द्रहरुको भक्तिभाव गर्ने काममा लागिपरेको छ, कुनै पनि देशले दूतावासमार्फत सीधै आयोजना छानेर रकम दिने काम गलत छ, यसले राष्ट्रिय हितलाई कमजोर मात्रै गर्दैन, अनावश्यक चलखेललाई समेत बढाउँछ ।’

भारतीय दूतावासमार्फत सिधै २० करोड रकम कुनै आयोजनामा लगानी गर्न पाउने र भारतसँग गरिएको विद्युत व्यापार सम्झौताका कतिपय बुँदा राष्ट्रलाई दीर्घकालीन असर गर्ने खालका भएको उनको भनाइ थियो ।

  • साझा परिवेश
  • आइतवार, माघ ७, २०८० १२:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट