July 3, 2025 | बिहिबार, असार २०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इटहरी गोल्डकपको उद्घाटन खेलमा डिफेन्डीङ च्याम्पियन मोरङ विजयी

  • साझा परिवेश
  • शनिबार, चैत्र ४, २०७९ १९:0३
इटहरी गोल्डकपको उद्घाटन खेलमा डिफेन्डीङ च्याम्पियन मोरङ विजयी

इटहरी । इटहरी गोल्डकपको उद्घाटन खेलमा डिफेन्डीङ च्याम्पियन सगरमाथा ब्वाईज क्लब (मोरङ) विजयी भएको छ ।
प्रतियोगिताको उद्घाटन खेल मोरङ र एभिनियर फुटबल क्लब क्यामरुन बिच भएको थियो ।

निर्धारित ९० मिनेटमा कुनै दुवै टिमले गोल गर्न नसकेपछि ४ मिनेट समय थप भयो । थपिएको ४ मिनेट गोलरहित भएपछि पेनाल्टी सुट आउटबाट खेलको टुङ्गो लागेको हो ।
पेनाल्टी सुट आउटमा क्यामरुन मोरङसँग ४३ को गोल अन्तरले पराजित भएको हो । मोरङको लागि राजीव लोओपा, अभिषेक राई, अभिषेक लिम्बु र मुस्केले गोल गरेका हुन् ।

इटहरी रङ्गशालामा शनिवार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले खेलका उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मेयर पौडेलले खेलकुदले मात्र जनताको भावनालाई एकसुत्रमा जोडन सक्ने बताए ।

राजनीतिक नेतृत्वले जनताको भावनालाई जोड्न नसकिरहेको अवस्थामा फुटबल लगायतका खेलले देशको झन्डा बोक्ने र एकताको सन्देश दिने गौरवपूर्ण काम गरेको प्रस्ट पारे । आगामी दिनमा इटहरी गोल्डकपमा उपमहानगरपालिकाले अझ बढी लगानी गर्दै जाने उनको भनाई छ ।
राष्ट्रिय जागृति क्लबले आयोजना गर्न लागेको प्रतियोगितामा १० टिमको सहभागिता रहको छ । विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

सर्वोत्कृष्ट खेलाडीले १ लाख साथै विभिन्न विधामा उत्कृष्ट हुनेले २० हजार र म्यान अफ दि म्याचले नगद १० हजार पाउने आयोजकले जनाएको छ ।
कन्ट्रोल लुब्रीकेन्ट मुख्य प्रयोजक रहेको प्रतियोगिताको संयोजन इटहरी उपमहानगरपालिकाले गरेको छ । भोलिको खेल मच्छिन्द्र क्लब र आयोजक राष्ट्रिय जागृति क्लब बिच हुने भएको छ ।

  • साझा परिवेश
  • शनिबार, चैत्र ४, २०७९ १९:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट