May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी

काठमाडौँ महानगरमा बढे करदाता

  • साझा परिवेश
  • आइतवार, माघ ७, २०८० १४:५८
काठमाडौँ महानगरमा बढे करदाता

काठमाडौँ । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा करदाताको सङ्ख्या बढेको छ । गत आर्थिक वर्षमा तीन लाख २४ हजार एक सय २० करदाता रहेकामा चालु आवमा तीन लाख ४३ हजार तीन सय ४० पुगेको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।

उनका अनुसार ३५ हजार ५७ बहाल करदाता, ३१ हजार नौ सय १६ व्यवसाय करदाता र ५२ हजार चार सय ८६ सम्पत्ति करदाता रहेका छन् । अन्य शीर्षकमा पनि करदाता बढेका छन् । यसवर्ष करदाताको सङ्ख्या तीन लाख ४३ हजार तीन सय ४० पुगेको छ ।

“गत आवको अन्त्यसम्ममा कर तिरेका करदाताको सङ्ख्यालाई चालु आवका लागि करदाताको सङ्ख्या मान्ने गरिएको छ”, काफ्लेले भने । उल्लेखित करदातामध्ये अहिलेसम्मा एक लाख ९१ हजार आठ सय ८६ कर तिर्नेको सङ्ख्या रहेको भन्दै एक लाख ३२ हजार दुई सय ३४ कर नतिर्ने रहेका उनले जानकारी दिए ।

करदाता बढेपछि कामपामा उलेख्य रुपमा कर सङ्कलन भएको छ । चालु आवको अर्धवार्षिक अवधिमा करिब रु पाँच अर्ब राजस्व सङ्कलन भएको काफ्लेले जानकारी दिए ।

कामपाको प्रमुख बालेन्द्र शाहले नेपालको संविधान २०७२ को अनुसूची ८ को क्रमसङ्ख्या ४, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३ अनुसूची ३ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५७ को व्यवस्था बमोजिम बहाल कर सङ्कलन गर्ने पालिकाको मात्र अधिकार रहेको उल्लेख गर्दै यसअघि सङ्घ सरकारबाट सङ्कलन हुँदै आएको यस शीर्षकको कर स्थानीय सरकारबाट उठाउने बताउँदै आएका छन् ।

कामपाले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरिसकेको छ । निर्देशिका अनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराएको बारे सूचना सात दिनभित्र वडा कार्यालयमा दिनुपर्दछ । लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था गरिएको छ ।

सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य र अभिवृद्धिसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ । निर्देशिका जारी भएसँगै करदाता बढेको कामपाले जनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, माघ ७, २०८० १४:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।