April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

यु – १९ : नेपाल बंगलादेशसग पराजित

  • साझा परिवेश
  • बिहिबार, माघ १८, २०८० 0८:00
यु – १९ : नेपाल बंगलादेशसग पराजित

काठमाण्डौ – आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । दक्षिण अफ्रिकामा हिजो भएको सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २५ ओभर २ बलमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । बंगलादेशका लागि अरिफुल इस्लामले अविजित ५९ र जिशान आलमले ५५ रन बनाए ।

नेपालका लागि सुवास भण्डारीले ८ ओभरमा ४४ रन खर्चेर ५ विकेट लिए पनि जितको लागि पर्याप्त हुन सकेन । यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ४९ ओभर ५ बलमा १ सय ६९ रनमा अलआउट भएको थियो ।

नेपालका लागि विशाल विक्रम केसीले ४८ र कप्तान देव खनालले ३५ रनको योगदान गरे। सुवास भण्डारी १८ रनमा अविजित रहे। अर्जुन कुमालले १४ रन जोडे । अरु ७ खेलाडीले दोहोरो अङ्क लिन सकेनन् ।

बंगलादेशी बलरले नेपाललाई ३१ रन अतिरिक्त दिएका थिए । बंगलादेशका लागि रोहानत दौल्लाह बोर्सनले ४ र शेख पभिज जिबोनले ३ विकेट लिए । अब नेपालले अर्को खेलमा भोलि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

  • साझा परिवेश
  • बिहिबार, माघ १८, २०८० 0८:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।