May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

सन् नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० ११:४७
सन् नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो
  • सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला
  • ७६ लाख ८० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने 

काठमाडौं ।।

सन् नेपाल लाइफ इन्स्योरेन्सले ३२ साउन बिहीबारदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गरेको छ । इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओमा आवेदन खुलाएको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी तीन अर्ब २० करोड रुपैयाँको बराबरको तीन करोड २० लाख कित्ताको ३० प्रतिशतले हुन आउने ९६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियमसहित कम्पनीले प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ निष्कासन गर्न स्वीकृति पाएको हो ।

इन्स्योरेन्सले सोमध्ये ९ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । यस्तै कम्पनीले चार लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र चार लाख ८० हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा सेयर निष्कासन खुला गरेको छ । यस्तै कर्मचारीको लागि भने प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा नै सेयर जारी गरेको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले ४ भदौसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग अनुसार आवेदन नपरेमा आवदन दिने म्याद १४ भदौसम्म लम्बिनेछ। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० ११:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।