sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अलैंची निर्यात बढ्यो ; ६ महिनामा झन्डै ४ अर्बको निर्यात

  • साझा परिवेश
  • बुधबार, माघ १०, २०८० 0९:१९
अलैंची निर्यात बढ्यो ; ६ महिनामा झन्डै ४ अर्बको निर्यात

काठमाण्डौ – चामल, दाल, कोदो, मकै, दाल लगायतका खाद्यान्न र तरकारीको आयात बढिरहँदा अलैँचीको भने निर्यात बढेको छ । कृषि उत्पादनसँगै धेरै वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको भने निर्यात बढेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको छ महिनामा झण्डै चार अर्ब रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । साउनदेखि पुससम्म तीन अर्ब ९० करोड ७६ लाख ७९ हजार रुपैयाँ बराबरको २८ लाख ६६ हजार ७६० किलो अलैँची निर्यात भएको छ ।

विभागका अनुसार गएको वर्षको यसै अवधिमा तीन अर्ब ७४ करोड १६ लाख रुपैयाँ बराबरको ११ लाख ६८ हजार ३०६ किलो अलैँची निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा यस आर्थिक वर्षको पहिलो ६ महिनामा १६ करोड रुपैयाँ बराबरको अलैँची निर्यात बढेको छ ।

देशमा उत्पादित वस्तुमध्ये सबैभन्दा धेरै निर्यात हुनेमा अलैँची रहेको छ । नेपालमा उत्पादन हुने अलैँची उच्च गुणस्तरको हुने हुँदा भारत लगायतका अन्तर्राष्ट्रिय बजारमा यसको माग उच्च रहेको छ ।

यस वर्ष अलैँचीको मूल्य दोब्बरले बढ्दा किसान उत्साहित भएका छन् । पूर्वका विभिन्न जिल्लामा उत्पादन हुने अलैँची भारत, जर्मनी, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, माघ १०, २०८० 0९:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid