May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

चन्द्रागिरी नगरपालिकाबाट प्रचण्डले ३ महिने अभियान सुरु गर्ने

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० १४:0२
चन्द्रागिरी नगरपालिकाबाट प्रचण्डले ३ महिने अभियान सुरु गर्ने
  • सत्तारुढ माओवादी केन्द्रले भोलि तीन महिने अभियान सुरु गर्ने
  • देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने
  • अभियान’का क्रममा शीर्ष नेताहरु पनि वडामा जाने
  • औपचारिक कार्यक्रम भने दिउँसो १ बजे हुने

काठमाडौं ।।

सत्तारुढ माओवादी केन्द्रले भोलि तीन महिने अभियान सुरु गर्ने भएको छ । देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी स् विशेष रुपान्तरण अभियान’का क्रममा शीर्ष नेताहरु पनि वडामा जाने छन् ।

प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाका अनुसार अभियानको भोलि बिहान ९ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् ।

औपचारिक कार्यक्रम भने दिउँसो १ बजे हुनेछ । यसक्रममा प्रधानमन्त्री समेत रहेका प्रचण्ड चन्द्रागिरी नगरपालिका वडा नम्बर २ घट्टेडाँडाको कार्यक्रममा जाने छन् ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धीकोे कार्यक्रममा जाने छन् । सबै पदाधिकारी जाने वडाहरु तोकिएको छ ।

अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने उपाध्यक्ष सापकोटाले बताए । ‘हामी जनतासँग भिज्न सकेको छैनौं’ अभियानका क्रममा विगतमा भएका कमजोरीप्रति आत्मालोचना गर्ने र माओवादीलाई साथ दिन आग्रह गर्ने भन्दै उनले भने, ‘यसअर्थमा यो अभियान हाम्रो अन्तिम परीक्षा हो ।’

 

 

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० १४:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।