August 24, 2025 | आइतवार, भदौ ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वाणिज्य बैङ्क इटहरी शाखा बन्यो नेपालकै उत्कृष्ट शाखा

  • साझा परिवेश
  • बुधबार, माघ १०, २०८० १९:१८
वाणिज्य बैङ्क इटहरी शाखा बन्यो नेपालकै उत्कृष्ट शाखा

इटहरी । राष्ट्रिय वाणिज्य बैङ्क इटहरी शाखा नेपालकै उत्कृष्ट शाखा बनेको छ । बैङ्कको ‘ख’ वर्गको शाखाहरू मध्ये इटहरी शाखा नेपालकै उत्कृष्ट शाखा बनेको हो ।

बैङ्कले ५८ औ वर्ष पार गरी ५९ वर्ष प्रवेश गरेको अवसरमा उत्कृष्ट शाखाको रूपमा छनौट भएको राष्ट्रिय वाणिज्य बैक इटहरी प्रमुख वरुण कर्णले जानकारी दिए । यस्तै , इटहरी शाखामा कार्यरत यमुना गौतम ‘वेस्ट ईम्प्लोई अफ् द इयर’ मा छनौट भएकी छिन् ।

५८ वर्ष पूरा गरी ५९ औ वर्ष लागेको अवसरमा बुधवार इटहरी पुर्वलाईनमा रहेको बैकको कार्यालयमा विविध कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रममा बैकका ९ जना सेवाग्राही र १ जना पूर्व कर्मचारीलाई सम्मान गरिएको थियो । ५ जना उत्कृष्ट बचत कर्ता , ४ जना उत्कृष्ट ऋणी र १ जना पूर्व कर्मचारीलाई सम्मान गरिएको बैकका सहायक प्रमुख महेश नेपालले जानकारी दिए ।


कार्यक्रमका अध्यक्ष तथा बैङ्क इटहरी शाखाका प्रमुख वरुण कर्णले वार्षिक उत्सवको अवसरमा विभिन्न सुविधाहरू ल्याएको बताए । वार्षिक उत्सवको अवसरमा मोबाइल तथा इन्टरनेट बैङ्किङ एटिएम तथा लकर सेवामा विशेष छुट गरिएको समेत प्रमुख कर्णले बताए ।

 

वाणिज्य बैङ्कले देशकै बैकहरूको नेतृत्व गरिरहेको समेत कर्णले बताए । भने कार्यक्रम सञ्चालन तथा सहजिकरण महेश नेपालले गरेका थिए ।कार्यक्रममा बैङ्कका कर्मचारी पूर्व कर्मचारीहरू सेवाग्राही तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

२०५० साल माघ १० गते इटहरीमा स्थापना भएको वाणिज्य बैङ्क शाखाले निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।

  • साझा परिवेश
  • बुधबार, माघ १०, २०८० १९:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट