April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

पेट्रोल र डिजेलको भाउ घट्यो, एलपी ग्यासको मूल्य यथावत्

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० 0८:0८
पेट्रोल र डिजेलको भाउ घट्यो, एलपी ग्यासको मूल्य यथावत्

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो ।

शुक्रवार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई तथा डिजेल/मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँले घटाएको हो ।

भाउ घटेसँगै काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ र डिजेलको मूल्य एक ६० रुपैयाँ कायम भएको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रुपैयाँ र डिजेलको मूल्य एक ५७ रुपैयाँमा कायम भएको छ । यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६९ रुपैयाँ र डिजेलको मूल्य एक सय ५९ रुपैयाँ कायम भएको छ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । अहिले ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार आठ सय ९५ रुपैयाँ छ । अहिले एलपी ग्यासमा प्रतिसिलिन्डर तीन सय रुपैयाँ घाटा रहे पनि आमउपभोक्ताको हितलाई मध्यनजर गरेर भाउ यथावत् राखेको निगमको भनाइ छ ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० 0८:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।