May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

नेप्से सूचक १० अंकले बढ्यो

  • साझा परिवेश
  • सोमवार, माघ १५, २०८० १६:0९
नेप्से सूचक १० अंकले बढ्यो

काठमाडौँ । आजपनि नेप्से सूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन १०.३७ अंकले बढ्दै नेप्से सूचक २ हजार ९४.४६ अंकमा पुगेकोमा सोमबार थप १०.२६ अंकले बढ्दै २ हजार १०४.७२ अंकमा उक्लिएको हो ।

उसो त आज कारोबारमा समेत केही बढोन्नती आउँदै ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । अघिल्लो दिन नेप्से सूचक १०.३७ अंकले बढ्दा जम्मा ३ अर्ब ८३ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

सबैभन्दा बढी आज अन्य समूहको उपसुचक १.६४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको उपसूचक १.०८ प्रतिशतले बढेको छ । अरु बाँकी समूहको उपसूचक १ प्रतिशतले कमले बढेका छन् ।

बैंकिङ, फाइनान्स र निर्जीवन बीमा समूहको उपसूचक भने आज क्रमशः ०.०६ प्रतिशतले, ०.०५ प्रतिशतले र ०.११ प्रतिशतले घट्न पुगेका छन् ।

आज सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्योरेन्सको ६० करोड १६ लाख ७१ हजार ८०९ रुपैया बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । यसपछि दोस्रोमा न्यादी ग्रुप पावर कम्पनीको २३ करोड ८३ लाख ५६ हजार ७१७ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, माघ १५, २०८० १६:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट