May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

हैसियत अनुसार सभापति लिएको हो, कुनै लेनदेनको सहमति भएको छैन : राजेन्द्र लिङ्देन

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० १0:५७
हैसियत अनुसार सभापति लिएको हो, कुनै लेनदेनको सहमति भएको छैन : राजेन्द्र लिङ्देन
  • सभापति लिने क्रममा सत्ता गठबन्धनसँग कुनै लेनदेन नगरेको दाबी
  • सभापति लिनुलाई लेनदेनसँग जोडेर प्रचार गरियो 
  • अहिले सभामुख फालाफाल अवस्थामा

काठमाडौं ।।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा संसदीय समितिको सभापति लिने क्रममा सत्ता गठबन्धनसँग कुनै लेनदेन नगरेको दाबी गरेका छन् । मध्यपूर्वका भ्रमण सकेर मंगलबार स्वेदश फर्किएका लिङ्देनले आफूहरुको दलको हैसियत अनुसार समिति सभापति लिएको दाबी गरे । समिति सभापति लिनुलाई लेनदेनसँग जोडेर प्रचार गरिएको भन्दै उनले भने, ‘कुनै लेनदेनको सहमति भएको छैन ।’

सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच भएको भागवण्डामा आफूले पाएको पूर्वाधार विकास समितिको सभापति माओवादी केन्द्रले अन्तिम समयमा राप्रपालाई दिएको थियो । त्यसक्रममा कोशीमा सभामुख र एउटा मन्त्री लिएर कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सहमति भएको सत्तारुढ नेताहरुको दाबी थियो ।

राप्रपा अध्यक्ष लिङ्देनले भने कोशी प्रदेशमा प्रक्रियागत रुपमै राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेको  बताए । उनले भने, ‘अहिलेको अवस्थामा सभामुख फालाफाल अवस्थामा छ । सभामुख लिन कसैसँग सौदा गर्नै पर्दैन ।’ १० पुसको गठबन्धनमै पनि बागमती र कोशीको सभामुख राप्रपाले लिने सहमति भए पनि त्यहाँको अंकगणितलाई हेरेर आफूहरुले नलिएको उनको दाबी छ ।

संसदीय गणितमा कुनै भूमिका नहुनसक्ने देखेपछि सभामुख नलिएको भन्दै उनले भने, ‘सभामुख र मन्त्री प्राथमिकताको विषय होइन । हामीले अहिले चाह्यौं भने सत्ता गटबन्धनबाट मुख्यमन्त्री नै प्राप्त गर्न सक्ने गणितीय अवस्था छ ।’ संविधानका विभिन्न धाराहरु उपयोग गर्ने क्रममा आवश्यक निर्णय गर्दै जाने समेत लिङ्देनले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० १0:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।