May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

झापाका महोत्सवको नाममा खुलेआम जुवा , प्रहरी प्रशासन मौन

  • साझा परिवेश
  • शनिबार, माघ २०, २०८० २२:२२
झापाका महोत्सवको नाममा खुलेआम जुवा , प्रहरी प्रशासन मौन

झापा । झापामा अहिले महोत्सवको माहोल तातिरहेको छ । प्रतिस्पर्धा नै गरेर विभिन्न स्थानमा साँस्कृतिक महोत्सवका नाममा विभिन्न महोत्सवहरू लागि रहेका छन् । सोही बहानामा आयोजक, ठेकेदारले प्रतिबन्धित जुवा जन्य खेलहरू खेलाउने गरेको छन् । उक्त प्रतिबन्धित खेललाई प्रहरी प्रशासनले पनि साथ दिइरहेको छ । विशेषगरी अहिले झापाको गौरादह, राजगढ, विर्तामोड र चारआलीमा महोत्सव सञ्चालन भइरहेका छन् ।

प्रहरी प्रशासनको आड्मा झापामा खुलेआम प्रतिबन्धित जुवा जन्य खेलहरू खेलाउने गरेको पाइएको छ । जिल्ला स्थित विभिन्न स्थानमा लाग्दै आएको मेला महोत्सवमा अहिले प्रहरीकै संरक्षणमा डाइस, लक्कीसेभेन लगायतका प्रतिबन्धित जुवा जन्य खेलहरू खेलाउने गरिएको हो । प्रहरी प्रशासन समेतको सेटिङमा महोत्सव चलाएको भन्दै महोत्सव सञ्चालकले खुलेआम धम्की दिने गरेका छन्,।

त्यस महोत्सवमा सुरक्षा प्रदान गर्न सादा पोशाकका प्रहरी सहित ठुलै समुहमा प्रहरी परिचालन समेत गरिएको छ । तर, प्रहरी भएकै ठाउँमा खुलेआम डाइस, लक्की सेभेनलगायतका खेलहरू हुने गरेपछि त्यस किसिमका खेलहरूमा उनीहरूको समर्थन रहेको बुझिएको छ । सांस्कृतिक महोत्सवका नाममा अपाच्य र अर्धनग्न नाचहरुसमेत हुँदै आएका छन्, भने यश विषयमा प्रशासनलाई जानकारी गराउँदा समेत बेवास्ता गरेपछि प्रशासन माथिको संलग्नताको आरोपलाई थप बल पुगेको छ।

  • साझा परिवेश
  • शनिबार, माघ २०, २०८० २२:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट