April 24, 2024 | बुधबार, बैशाख १२, २०८१
सुचनाहरु
झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने काठमाडौँ आइपुगे कतारका राजा ह्वाट्सएपमा अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने अपडेट आउँदै प्रधानमन्त्री दाहालसँग रुसका उद्योगी-व्यवसायीको भेट कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप, सुरक्षाकर्मीको बाक्लो उपस्थिति स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै ६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’ : राजेन्द्र लिङ्देन रबि लामिछानेको आठ वर्षअघिको ‘फेसबुक स्टाटस’ भाईरल बनेपछि बल्ल खोले मु ख सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ? गृहमन्त्रीलाई ज्ञानेन्द्रको सुझाव- विदेशी राजाका खुट्टा ढोक्न जानुभन्दा आफ्नै राजा फर्काउन लाग्नुस् अश्लील गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ आज १८औँ लोकतन्त्र दिवस मनाइँदै आईपीएलमा आज चेन्नई र लखनउ खेल्दै नेपाल टूरमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा, आज विशेष हनुमान जयन्ती मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

मर्स्याङ्दी जलविद्युतको उत्पादन घट्यो

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १६:0४
मर्स्याङ्दी जलविद्युतको उत्पादन घट्यो

तनहुँ । हिमालमा हिउँ नपर्दा तनहुँको आँबुखैरेनी गाउँपालिका –४ मा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ ।
जलवायु परिवर्तनले गर्दा हिमालमा हिउँ कम हुँदा गर्मी बढ्दै गएपनि मर्स्याङ्दी नदीमा पानी कम भएकाले उत्पादन बढ्न नसकेको केन्द्रले जनाएको छ ।

प्रशस्त हिउँ नहुँदा तापक्रम बढेपनि हिमाल कम पग्लिएकाले नदीमा पानी कम भएको केन्द्रका प्रमुख बद्री फुयाँलले बताउनुभयो । ‘‘जलवायु परिवर्तनले
हिमालमा प्रशस्त हिउँ परेको छैन, तापक्रम बढेपनि हिमालमा हिउँ कम हुँदा नदीमा पानी बढ्न सकेको छैन’’ केन्द्र प्रमुख फुयाँलले भन्नुभयो । यस वर्ष लामो
समय खडेरी परेकोले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेकाले तथा कतिपय सुकेकाले उत्पादन बढ्न नसकेको केन्द्र प्रमुख फुयाँलले जानकारी
दिनुभयो । हाल सुख्या मौसम भएकाले वर्षा नहुँदा मर्स्याङ्दीमा मिसिने स्रोतमा पानीको बहाव कम भएपछि उत्पादन घटेको केन्द्रले जनाएको छ ।

नदीमा पानीको मात्रा आधा कम भएकाले उत्पादन पनि सोहीअनुसार घटेको उहाँले जानकारी दिनुभयो । केन्द्रका अनुसार विद्युतको माग साँझ ५ देखि १०
बजेसम्म र बिहान ५ देखि १० बजे बढी हुने भएकाले थुनेर राखेको पानीलाई छाडेर करिब पूर्ण क्षमतामै उत्पादन गरिएको छ ।

जेठ लागेपछि हिउँ धेरै पग्लने र वर्षा धेरै हुने भएकाले उत्पादन बढ्दै जान्छ  । हाल पानी कम हुँदा घटेर दिउँसो ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुन्छ ।
विद्युतको माग धेरै भएको समयमा तीन वटा युनिटबाट २३÷२३ मेगावाटका दरले पूर्ण क्षमताअनुरूपको ६९ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।

सुख्खा मौसममा विद्युत उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यता हुन्छ । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो ।
चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घढेसँगै विद्युत उत्पादन
पनि घट्ने गरेको केन्द्रले जनाएको छ । यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौंको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।